यूएईमा सामुहिक दशै कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

– उमाकान्त पाण्डे गाउंले


कार्तिक १२, दुबइ – सम्युत्त अरब एमिरेट्स यूएईमा सामुहिक रुपमा दसैं मनाइएको छ। दुबइमा रहेका बिभिन्न संघसस्थाको सामुहिक आयोजनामा दशै मनाइएको हो । २६ अक्टुबर शुक्रबारका दिन दुबईको जाविलपार्कमा एक भब्य र ऐतिहासिक रुपमा सामुहिक टिका ग्रहण गरेर मनाइको छ ।

 


 

युएईमा सकृय राजनैतिक,गैरराजनैतिक,क्षेत्रिय, जातिय तथा अन्य बिभिन्न सामाजिक  संघसस्थाको सामुहिक सहभागितामा पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।
 
भ्रमण भिसामा यूएईमा रहेकी पोखराकी जेष्ठ नागरिक लिलादेवि भण्डारीको हातबाट प्रमुख अतिथि दिपक अधिकारी साथै अन्य उपस्थिति सबैले टिका तथा आर्शिबाद ग्रहण गरेका थिए ।

 


 

उल्लासमय वातावरणमा यति ठुलो संख्यामा नेपालीको उपस्थिति भएको कार्यक्रम यो नै पहिलो हो र अब यसलाई निरन्तरता दिन सक्नुपर्ने कार्यक्रम ब्यबस्थापक राजु खड्काले बताए।

 

“यूएईमा कार्यरत हामी नेपालीले दसैं तिहार, तथा इद र क्रिसमसडे जस्ता महत्वपुर्ण पर्वलाई सामुहिक रुपमा मनाउन सक्नु पर्छ” खड्काले भने ।

 


 

खाडीमुलुकमा खुला आकाश मुनी महान चाड दसैं मनाउन पाउदा खुशीलागेको धारणा दुतावास उप नियोग प्रमुख दिपक अधिकारीले राखेका थिए।बिजया दशमी तथा बकर इदको शुभकामना दिदै सामुहिक रुपमा दसैं मनाईएको यो कार्यक्रमले सबै जात जाती, धर्म र बर्गलाई समेत एक जुट हुन प्रेरणा मिलेको कार्यक्रममा मन्तब्य दिने अधीकाशंको भनाइ थियो ।

 

कार्यक्रममा यहाँ रहेका बिभिन्न संघसस्थाका प्रतिनिधिले मन्तब्य राखेका थिए । कार्यक्रममा नेपाली मुस्लिम तथा क्रिस्चियन धर्मावलम्बीहरुले पनि सहीषुण्ताको भावना बोकेर उपस्थिती जनाएका थिए । हामी सबै नेपाली हामी एक भएर यस्ताखालका कार्यक्रम गर्नुपर्छ नेपाल चर्च कमिटीका दिनेश गोर्खा राईले भने। ‘हामी जुनसुकै धर्म मान्ने भए पनि एक अर्काको अस्तित्वलाई स्वीकार्न सक्नु पर्छ, नेपाली मुश्लिम समुदायका मोहम्मद अयुवले बताए।

 


 

इमिरेट्सका बिभिन्न राज्यहरुबाट करिब ३ सय भन्दा बढी नेपालीको उपस्थिति थियो।
 
नेपाली स्वादका बिविध परिकारहरु एवम आफ्नै गाउठाउमा रहेको झल्को मेटाउने गरी खसीको मासु,चिउरा,सेलरोटी, तथा अचारको व्यवस्था गरिएकोले कार्यक्रम नेपालमै गरिएको भान भएको सहभागी अधिकाशंले बताए।

 

नेपाली लोक दोहोरी गितहरु