युएईमा प्रथम सहिद लखन थापा मगर १३६औ स्मृति कप भलिबल प्रतियोगिता सम्पन्न

गीता मणि पाण्डे

 

यु ए ई डेस्क । गत सुक्रबार मगर संघ यूएईको वार्षिक कार्यक्रम अन्तर्गत यूएईमा प्रथम सहीद लखन थापामगर स्मृति कप भलिबल प्रतियोगीता सफलता पूर्वक सम्पन्न भएको छ। मगरहरुको मिनाम ल्हेस (नयाँ बर्ष) र मुस्लिमहरुको दोश्रो महान चाड बाकरी  ईदको अवसर पारेर संघको दुबई क्षेत्र समितिको आयोजनामा  दुबईस्थित अलकुजको बलदिया खेल मैदानमा २६ अक्टोबर २०१२ देखि अलकुज दुबई स्थित बलदिया खेल मैदानमा भएको युएईव्यापी भलिवल खेल २७ अक्टोबरमा सम्पन्न भएको छ ।  प्रथम सहिद लखन थापा मगरको स्मृतिमा  मगर संघ दुबई क्षेत्रीय समिती युएई द्वारा आयोजित प्रतियोगितात्मक खेलमा जम्मा १४ टिमले भाग लिएका थिए।

 

भलिवल खेल प्रतियोगिताको उद्घघाटनको समयमा  आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष गिरमान थापा मगरको प्रमुख अतिथी मगर संघ युएईका केन्द्रीय अध्यक्ष नुनप्रसाद सोमै मगर विशेष अतिथि रहनु भएको थियो भने अन्य अतिथिहरुमा, आदिवासी जनजाती महासंघ युएईका प्रथम उपाध्यक्ष डी.आर. गुरुङ, आदिवासी जनजाती महासंघ युएईका उपाध्यक्ष महेश मोक्तान, पाथीभरा माउन्ट एभरेस्ट क्लबका अध्यक्ष शिब गुरुङ लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु र उपस्थित जनसमुदायहरु रहेका थिए। आयोजक समितिका अध्यक्ष खेम रासकोटी मगरको सभापतित्वमा औपचारिक रुपमा उद्घाटनको बेला बोल्ने क्रममा मगर सँघ युएईका अध्यक्ष नुन प्रसाद सोमै मगरले प्रथम सहिद लखन थापा मगर स्मृति भलिबल प्रतियोगिता मगर संघ युएईले मात्र नभई सम्पूर्ण युएई बासि नेपालीहरुले संयुक्त रुपमा आयोजना गर्न सकेमा प्रथम सहिद प्रतिको सच्चा स्मृति हुने बताउनु भएको थियो, साथै सोमै मगरले सहभागी खेलाडी टिमहरु, प्रमुख अतिथि, अतिथीहरु र उपस्थित सबैलाई हार्दिक आभार ब्यक्त गर्नुका साथै आयोजक समितिलाई पनि बिशेष धन्यवाद दिनु भएको थियो । त्यस्तै गरी प्रमुख अतिथी गिरमान थापा मगरले प्रथम शहिद लखन थापा मगर स्मृति कप भलिवल प्रतियोगीताको पहिलो खेलमा आफु एक खेलाडीको रुपमा सहभागी भएको र आज आएर यो प्रतियोतामा आफु प्रमुख अतिथीको रुपमा उपस्थित हुँदाको यो कस्तो संयोग हो भनेर गर्ब गरेको महसुस गर्दै आयोजक समितिको प्रसंसा र  निरन्तरताको कामना पनि गर्नुभयो। उदघाटन कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रमको संचालन उपेन्द्र राना मगरले गरेका थिए


१४ टीमको सहभागिता रहेको उक्त भलिवल प्रतियोगिता २६ अक्टुबर बाट सुरु भएको खेल २७ अक्टुबर राति करिब  १० बजे सम्म चलेको थियो भने  राजु सिंजाली मगर र डोलराज थापा मगरले आफ्नो कुशल कमेन्ट्री गर्नु भएको थियो भने गणेश थापा मगर र बिष्णु राना मगरले रेफ्रीको भूमिका निर्भाह गरेका थिए।

। उत्कृष्ट खेल प्रदर्शन गर्दै फाईनलमा पुगेका  पाथीभरा माउन्ट एभरेस्ट क्लब र योंग बोयेज बीचको निकै घम्सा घम्सी भएको खेलमा योंग बोयेज टिमले प्रथम स्थान हासिल गरेको थियो भने  दोश्रो स्थानमा पाथीभरा माउन्ट एभरेस्ट क्लबले चित्त बुझाउन पर्यो ।  बाग्लुंग सेवा समाज तेश्रो स्थान हासिल गर्न सफल भयो । खेल अवधीभर अत्यधिक कुशल  खेल प्रदर्शन गरेका पाथीभरा माउन्ट एभरेस्ट क्लबका राजन पुलामी मगरले उत्कृष्ट खेलाडीको उपाधी चुम्न सफल भए । उत्कृष्ट खेलाडीलाई आदीवासी जनजाती महासँघ युएईको तर्फबाट कप तथा प्रमाण पत्र द्वारा सम्मान गरिएको थियो।                   


खेल समाप्ति लगत्तै  आयोजित पुरस्कार बितरण समरोहमा विजयी खेलाडिहरुलाई प्रमुख अतिथी,विशेष अतिथि आदिवासी जनजाती महासंघ युएईका उपाध्यक्ष, पुरस्कार बितरण समरोहका सभापति खेम रासकोटी मगर, कार्यक्रम संयोजक गणेश राना मगरले रोलक्रम अनुसार विजयी टिम तथा खेलाडीहरुलाई, कप, मेडल, प्रमाण पत्र र नगद वितरण गरिएको थियो भने प्रथम हुने टिमका  ७ जना खेलाडी र उत्कृस्ट खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा पहिलो पटक ७ डिसेम्बर २०१२  मा आयोजना हुने बक्स नेपाल फिल्म एवार्डको भी.आई.पी. पास पनि प्रदान गराउदै अन्तमा खेलकार्यक्रम का सभापति द्वारा एस खेलमा सहयोग गर्नु हुने सबै टिम तथा उपस्थित सबैलाइ धन्यवाद दिदै आगामी दिनमा पनि पुन सहयोग को अपेक्षा राख्दै खेल समापन भएको घोषणा गर्नु भएको थियो भने उक्त कुराको जानकारी संघका प्रबक्ता खुम बहादुर आले मगर ले गराउनु  भएको थियो ।