– रबिन्द्र फुयेल
यूएइ – संसारभर छरिएर रहेका नेपालीहरू यतिबेला कुनै न कुनै रुपमा बडा दशैंको रम्झममा सरिक भईरहेका छन् । दशैं नेपाली साँस्कृतिक , मौलिक र राष्ट्रिय पर्बका रुपमा रहि आएकाले अधिकांस नेपालीहरूले यस पर्बलाई ठुलो महत्वका रुपमा लिने गरेका छन् । बास्तबमै दशै एक आपसमा हार्दिकता र निकटता बढाउने तथा बिगतका सबै तिक्तताहरूलाई पन्छाएर पुन: आत्मिय सम्बन्ध स्थापित गर्दै अघि बढ्न सबैलाई प्रेरित गर्ने पर्ब पनि हो । यस पर्बको अबसरमा नेपाल भित्रका बिभिन्न राजनैतिक दल , संघ संस्थाहरू र बिभिन्न नेपाली समुदायहरूले तथा नेपाल बाहिर समेत प्रवासी नेपालीहरू माझ उनिहरुको हक हित र सेवाका लागि कार्यरत बिभिन्न संगठन , संघ संस्था तथा नेपाली समुदायहरूले समेत आपसी भेटघाट , चियापान , शुभकामना आदान प्रदान लगायतका साँस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने गरेका हुनाले पनि यो पर्बको महत्वलाई अझ प्रस्ट्याएको छ ।
बडा दशैंकै अबसरमा युएइ प्रवासमा लामो समय देखि कार्यरत नेपालीहरुको भेटघाट लाइ तिब्र पार्दै शुभकामना आदान प्रदान कार्यक्रम् अभुधाबी बाट २०० किलोमिटर टाढा रहेको बिधाजायज भन्ने ठाउमा नेपालीहरूको ठुलो उपस्थितिका बिच भब्य रुपमा सम्पन्न गरेको छ । गत बुधबार पुर्णिमा को दिन पारेर २९ अक्टोबरका दिन अबुधाबी को बिधा जायजमा आयोजित उक्त कार्यक्रममा यूएइका बिभिन्न स्थान बाट सहभागी भएका नेपालीहरूले बिरानो ठाउँ सुनसान लाईसक्यो फेरी पनि दशैं तिहार नजिकै आईसक्यो रातो टिका दहीमा बनाउनु एसपालिनी घर आउदिन आमा म नभएनि खुसि संघ दशैं मनाउनु तिमिलाइ टाढा मलाइ नी टाढा ” जस्ता अन्य थुप्रै चर्चित नेपाली लोकलयमा सुमधुर दोहोरी गीत गाएर कार्यक्रममा सरिक सबैको ध्यान खिचेका थिए भने उल्लेख्य संख्यामा उपस्थित नेपाली महिला दिदि बहिनिहरूको रोचक न्रित्यले सबैलाई आकर्सित गरेको थियो । शुभकामना आदान प्रदानको औपचारिक कार्यक्रम पनि राखिएको थियो । संघका केन्द्रिय सदस्य लिला उप्रेतीको सभापतित्वमा धुर्ब केसी द्वारा संचालित सो कार्यक्रममा महिला दिदि बहिनि हरु संघ सस्था का प्रतिनिधि हरुको उपस्थिति थियो ।
कार्यक्रम बेदानन्द यादव द्वारा सहभागी सम्पुर्णमा स्वागत तथा शुभकामना मन्तब्य प्रस्तुत गर्नु भएको थियो भने सबै अतिथिहरूले आ-आफ्नो संघ संस्थाको तर्फबाट बडा दशैको अबसरमा शुभकामना सन्देश दिदै कार्यक्रम् आयोजना गरेकोमा आयोजना गरेकोमा धन्यबाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमका अधिकाम्स अतिथिहरूले आफ्नो शुभकामना सन्देशका क्रममा फरक मस्तिस्क अनुसार फरक बीचारले मानिसहरु निर्देशित हुनु सामान्य कुरा भए पनि हाम्रा हरेक मौलिक पर्ब , संस्क्रिती र चाडबाडहरुमा सबै बिचार बोक्नेहरूको साथ् , सहयोग र सहभागिता रहनु पर्ने र सबै नेपालीले सबै नेपाली संस्क्रितीको सम्मान गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
अन्तमा तेहा उपस्थित सबैलाई नेपाली स्वाद का खाना खुवाएर दशैं को अन्तिम दिन बिधाई गरिएको थियो कार्यक्रमको समापन गर्दै संघका केन्द्रिय सदस्य लिला उप्रतिले प्रवासी नेपाली संघ युएइलाई माया गरि कार्यक्रममा सरिक हुनु भएका प्रवासी नेपालीहरू, कार्यक्रमलाई अती नै हर्सोल्लासका सथ् सम्पन्न गर्न भूमिका निभाउनु भएका ब्यक्तित्वहरू तथा संघको निमन्त्रणालाई स्वीकार गरि कार्यक्रममा उपस्थित हुनु भएका सम्पुर्ण अतिथिहरुमा संघको तर्फ बाट धन्यबाद ज्ञापन गर्दै सबै नेपालीका भावी दिनहरू शुखमय रहुन र बिध्यमान सबैखाले समस्या र चुनौती बाट निकास पाउदै राष्ट्र साँच्चैको नवयुगमा प्रवेश गर्न सफल होस् संस्क्रितीलाई कुनै एउटा धर्म , जात वा समुदाय सँग मात्रै जोडेर हेर्न नहुने भन्दै नेपालमा प्रचलित सबै मौलिक पर्बहरूलाई हामी सम्पुर्ण नेपालीहरू मिलेर जगेर्ना गर्नु पर्ने कुरा उल्लेख गर्नु भयो भन्दै बडा दशैको शुभकामना सन्देश ब्यक्त गर्नु भएको थियो । एस ठाउँ धेरै टाढा र बिकट नै मानिन्छ तर पनि बिदा जायेद क्षेत्रिय समितिले यो कार्यक्रम गर्न सफल भएको मा तेहा उपस्थित सबै ले आयोजक कमेटी लाइ धन्यवाद दिएका थिए।