– राजु खड्का
दुबइ । अक्टोबर २६ का दिन बहराईन को आश्रित पार्क मा अर्घाखाँची प्रवासी समाज बहराईनले आयोजना गरेको टिका जमरा ग्ररण तथा शुभकामना आदा न-प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
उक्त कार्यकर्म एसै समाज का अद्क्ष्य श्री करन थापा को सभापतित्तो मा सचिब श्री केशब थापा ले सन्चालन गर्नु भएको थियो। कार्यकोक्रम सुरुवातमा कारण थापा र उमा थापाले स्वागद गित गाउनुभयको थियो भने प्रगतिशिल मंजका सचिब श्री धर्म भट्राई ले मन्तव्य दिनुभयको थियो । बर्ष दिन मा आउने हिन्दू हरु को महान चाड बडा दसैं को अबसर मा बहराईन मा रहेका सम्पूर्ण अर्घाखाँची बासी हरु मिलेर आयोजना गरिएको उक्त कार्य कर्म मा समाज का बुद्दिजिबी बर्गका श्री शिब शंकर आचार्य श्री देब थापा साथै मान्य जन हरु बाट सबैले टिका जमरा कि साथमा आसिर्बाद ग्ररण गरिएको थियो।
।बहराईनमा बस्नुहुने अर्घाखाँची बासी मात्र नभई पुर्व मेची देखि पश्चिम महा-कलि सम्मका कामदार, व्यवसायिक तर्था बुद्धिजिबी वर्गहरुलाई एकै मंज खुल्ला आकाश मुनि जम्मा गराई नेपाली परम्परा झल्किने गरी निदारमा रातो टिका कानमा पहेलो जमरा लगाई विभिन्न नेपाली लोक भाकाहरुमा कम्मर मस्काई -मस्काई नाच्न पाउदा तेहा उपस्थिती विभिन्न बर्गहरुले नेपालमै बसेर दशैँ मनायको अनुभूति भएको थियो।
ऐतिहासिक रुपमा नै पहिलो पटक बहराइनमा दशैँ मनाउना पाउदा कार्यक्रम आयोजक अर्घाखाँची प्रवासी समाजलाई बधाई का साथै फेरिपनी यस्ता सस्कृतीक,परम्परा,र मौलिक्ता कार्यक्रमको आयोजना गर्नको लागि तेहा उपस्थिती वर्ग हरुले आग्रह गरेका थिए । कार्यक्रमको व्यावस्थापक श्री शुर्य थापाले उपस्थिती अन्य देशका नागरिकहरुले पनि रुचिपुर्बका अवलोकन गर्नुकासाथै नेपाली लोक भाकाहरुमा नाच बाट सबैले आनन्द लिएको जानकारी गराउनु भएको छ।