भक्तपुर, । महानगरीय प्रहरी वृत्त थिमीले अरनिको राजमार्गखण्ड अन्तर्गत सडक दायाँबायाँ खुलेका विभिन्न होटल तथा रेस्टुरेन्टमा छापामारी १४ जनालाई नियन्त्रणमा लिएको छ । राजमार्गमा रहेका दुई रेस्टुरेन्टमा छापा मारी ७ युवक र ७ युवतीलाई नियन्त्रणमा लिएको हो ।
अरनिको राजमार्गखण्डअन्तर्गत लोकन्थलीदेखि साँगासम्मको राजमार्गमा खुलेका होटल तथा रेस्टुरेन्टहरु देहव्यापार गर्ने थलोका रुपमा परिणत भएको गुनासो आएपछि प्रहरीले आज छापा मारी देहव्यापारमा संलग्न रहेका अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।



