तामांङ समाज युएइले नेपालमा शिक्षामा सहयोग गर्ने

त्रिलोचन कोइराला / युएई


प्रवासमा रहेर पनि नेपालको उन्नत भबिस्यको लागि सहयोगी बन्न सकिन्छ भन्ने
उदारण बनेको छ युएइको एक जातीय सस्था तामांङ समाज युएइ । शिक्षा
उज्यालोको ज्योतो हो भन्दै समाजले  काभ्रे जिल्लाको एक विधालयलाई आर्थिक
सहयोग गर्ने भएको छ ।


रोजगारीबाट कमाएको रकमको एक अंश देशको लागि भन्दै तामांङ समाज युएइले
आफनो सहयोगको  पहिलो हात  काभ्रे माहादेबटार गाबिसको  जोजेश्वर माध्यमिक
विधालय सम्म पुर्याएको छ । श्रम बेचन बिदेशिनु भन्दा आफनै पौरख चलाउन
नेपालमै केहिगर्ने बाताबरण बनाउनु पार्ने समाजका उपाधक्क्ष  सुरेन्द्र
थिङ तामांङ बताउछन ।उनि थप्छन अब आज हामि कामको थालनी गर्छौ भोलि अन्य
संघ सस्थाले पनि निरन्तरता दिनु हुन्छ ।


युएइमा कम्पुटर शिक्षा तथा अंग्रेजी भाषा समन्धी कक्षा संचालन गरिसकेको
तामांङ समाजले हाम्रा बालबालिकाको सुन्दर भबिश्य भनाउन पहिला देशको
शिक्षाको बिकाश चाइने महसुश गरेर विधालयलाई सहयोग गर्न लागिएको समाजका
युएई अधक्क्ष राम मोक्तान बताउछन ।


कतिक २५ गते काठमाण्डुको लौनचौरमा एक संस्कृतिक कार्याक्रमको आयोजना गरि
सहयोग हस्थान्तरण गरिने मोक्तानले जानकारी गराए । समाजले नेपालका
प्रतिष्ठित ब्याक्ति, समाजसेवि, शिक्षासेबी, कलाकार, पत्रकार, लगाएतको
उपस्थितमा  बिधालयका प्रतिनिधिलाइ नगत पचास हजार आर्थिक सहयोग गर्ने छ ।
समाजले घोषित रकम पचास हजार भएपनि समाजको अबुधाबी क्षेत्रीय समितिले पनि
विधालयलाई  थप रकम हस्थान्तरण गरिने  क्षेत्रीय समितिका अधक्क्ष
सुरेन्द्र तामांग बताउछन । अबुधाबी क्षेत्रीय समितिले सुरेन्द्र तामांङ र
कमल लामालाई सहयोग संकलन जिम्मा दिएको बताएको छ ।श्रोतका अनुशार
विधालयलाई एकलाख बन्दा बडी रकम हस्थान्तरण गरिने छ । तामांङ समाज युएइको
सेवाको थालनीलाई अन्य संस्थाले पनि निरन्तरता दिए देशबिकासमा टेवा पुग्ने
बुद्धिजीबिहरु बताउछन ।