नेपाली जनप्रगतिशिल मोर्चाका संगठन विभाग प्रमुखको विदाई

कतार –  नेपाली जनप्रगतिशिल मोर्चा कतारले संगठन विभाग प्रमुख  मान बहादुर पुन र महाधिवेसन आयोजक समितिका सदस्य अशोक भुषालको विदाई कार्यक्रम सम्पन्न गरेको छ ।


मैजार क्षेत्रिय अध्यक्ष झलक पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली जन प्रगतिशिल मोर्चाका संयोजक किसोर कुमार सुवेदी रहनुभएको थियो । विषेश अतिथिहरु विदाइ पात्रद्वय मान बहादुर पुन र अशोक भुषाल रहनुभएको थियो भने अन्य अतिथिहरुमा मोर्चाका प्रचार विभाग प्रमुख आर पी थुलुङ , मोर्चाका सदस्यहरु श्रीकृष्ण भट्टराई , गोविन्द तमाङ लागायत रहनुभएको थियो ।


श्रीकृष्ण भट्टराईको स्वगत मन्तव्य बाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै किशोर सुवेदीले विदाइ पात्र मान ब. पुन एक असल र इमान्दार राजनितिक कार्यकर्ता रहेको भन्दै उहाले प्रवासमा रहेर पनि नेपाली क्रान्ति, मजदुर अधिकार र जनजातिको अधिकारको लडाइमा अफुलाई समर्पण गरेको बताउदै उहाको विदाइमा मोर्चालाई एउटा होनाहार कार्यकर्ता को अभाव खड्कने कुरा व्यक्त गनुभयो साथै उहाले आफ्नो मातृभुमीमा गएर पनि त्यहा चलेको वर्गिय मुक्ति लडाइमा समर्पण गर्नुहुनेछ भन्ने पुर्ण विश्वास रहेको कुरा राख्नुभयो । साथै विदाइ पात्रहरुलाई प्रमुख अतिथि सुवेदीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो भने अन्य उपस्थित महानुभावहरुले खादा ओढाएर विदाई गरेका थिए ।


त्यसैगरी विदाइ पात्र मान बहादुर पुनले कतार बसाईको क्रममा भोगेका अनुभुतीहरुलाई स्मरण गर्दै आफु भौतिक रुपमा कतारमा नरहे पनि  ठगी दलालीका विरुद्धमा मोर्चाले गरेका सम्पुर्ण अभियानहरुमा सक्दो सहयोग गर्ने बचनवद्धता प्रकट गर्दै  नेपाल गएर नेकपा