बिनोद गैरे- अर्घाखाँची डट .कम .
सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) ले हेटौंडा नगरपालिका र मकवानपुर जिल्ला वासीहरूको मुठ्ठिदानको सहयोग बाट संचालित मानवसेवा आश्रममा परिवारबाट तिरस्कृत भई मानसिक संतुलन गुमाएर सडक जीवन व्यतितत गर्न विवश व्यक्तिहरुको सेवा गर्ने अभिष्टले संचालित मानवसेवा आश्रममा आश्रित ११ जाना लक्ष्मिनारायणहरू मध्येको १ साहासराम चौधरी , (उमेर ३२ वर्ष ) लाई आश्रममले उसको परिवारमा पुन:स्थापित गरेको छ।
४ बर्ष देखि मानसिक संतुलन गुमाएका चौधरीलाई आश्रमले चिकित्सकको परामर्श अनुसार औषधी सेवन,विभिन्न थेरापीहरू बाट उपचार पश्चात उसमा धेरै सुधार देखिएकोले उसको परिवारमा पन: स्थापना गरिएको हो।
सासू आमा कौशिल्या थारू आफै आश्रममा आई आश्रमलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो ज्ँवाई साहासराम चौधरीलाई आफ्नो घरमा लगेकि हुन्।
घर लगे पश्चात पनि आश्रमले चौधरीको फलोअप गरिने र उपचारमा आश्रमको क्षमताले भ्यासम्म सहयोग पुर्याइरहने अभियानका जिल्ला कार्यसमितिका सचिव अर्जुन प्रसाद दाहालले बताउनु भयो।यसरी नै सम्पूरण आश्रममा आश्रित व्यक्तिहरुको परिवारको खोजी भई रहेको र परिवार पत्ता लागि सके पछी परिवारमा पन: स्थापना गर्दै जाने अभियानको योजना रहे छ।