आन्तवयरपेन – ४ नोभेम्बर २०१२ का दिन नेपाली जनप्रगतिशील मंच,बेल्जियमको कार्य समितिको पहिलो वैठक समितिका अध्यक्ष चित्र सुवेदीको अध्यक्षतामा वसी वीर शहिदहरु प्रति १ मिनेट मौनधारणा व्यतm गर्दै निम्न प्रस्तावहरुमा छलफल गरि निर्णय गर्यो । मंचको गत १४ अक्टोवर २०१२ मा सम्पन्न महाधिवेशनको समिक्षा गर्दै कार्यक्रम व्यापक र भव्य रुपमा ऐतिहासिक रुपले सम्पन्न भएको र यसले सकरात्मक र राम्रो सन्देश दिन सफल रहेको समिक्षा गरियो । बैठकको शुरुआतमा संगठन को सम्बन्धमा छलफल गर्दा बैठकमा उपस्थित प्रमुख अतिथि राम कार्कीले नेपालको वर्तमान राजनैतिक परिस्थिति र प्रवासमा रहेका नेपाली तथा मंचका सदस्यहरुले गर्नु पर्ने कर्तव्य र दायित्व जस्ता सान्दर्भिक र ओजपुर्ण प्रशिक्षण दिनु भएको थियो ।
मंचको ३७ सदस्यीय कार्य समितिमा महाधिवेशनबाट पारित १ सदस्य पछि थप गर्ने गरि प्राप्त मेण्डेट अनुसारको बांकीे उतm रितm सदस्यमा लिलाधर पन्तलाई सदस्य पदमा चयन गरियो भने मंचको हालको कार्य समितिको काम करबाहीलाई व्यवस्थित,सहज र नियमित कार्य संचालन बढाउन हालको लागि निम्नानुसारको १४ सदस्यीय सचिवालय समिति बनाउने निर्णय गरियो । जसमा चित्र सुवेदी , लोक दहाल ,होम गुरु