काठमाडौँ – राजधानीको धापासीमा आज एक युवतीको शव फेला परेको छ। धापासीस्थित भक्तराज श्रेष्ठको घरमा डेरा गरी बस्ने अन्दाजी २४ वर्षकी सरु नाम गरेकी ती युवती आज बिहान मृत अवस्थामा फेला परेको हो।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक जीवन श्रेष्ठले मृतक युवतीको नाम सरु भन्ने खुले पनि अहिलेसम्म उनको थर र ठेगाना खुल्न नसकेको जानकारी दिनुभयो।
उहाँले लास घोप्टे अवस्थामा फेला परेको तथा टाउकोमा चोट लागेकाले हत्या हो कि आत्महत्या भन्ने खुल्न नसकेको पनि बताए।
सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। – रासस