काठमाडौँ – सन् १९९७ मा भएको हत्याको आरोपमा १५ वर्षसम्म जापानको जेलमा सजाय काटेका नेपाली गोविन्द्प्रसाद मैनालीलाई टोक्यो उच्च अदालतले आज निर्दोष ठहर गर्दै सफाइ दिएको छ।
डीएनए प्रमाणको आधारमा ४६ वर्षीय मैनालीलाई निर्दोष ठहर गरिएको क्योदो समाचार एजेन्सीले जनाएको छ। हत्याको आरोपमा उनलाई आजीवन कैदको सजाय सुनाइएको छ। उनी १५ वर्षसम्म जेलमा बसेका थिए।
डीएनए जाँचले अर्कै मानिसले हत्या गरेको हुनसक्ने देखाएपछि गत जुनमा उनको मुद्दा फेरि सुरु गरिएको थियो। टोक्यो उच्च अदालतले आज यो फैसला सुनाउँदा मैनाली भने नेपालमै थिए।
टोक्यो प्रहरीले अब यो हत्याको पुनः छानबिन गर्ने बताएको छ।
– नागरिक