वैदेशिक रोजगार विभागले थप दुई देशमा कामदार पठाउनका लागि सरकारसँग अनुमति मागेको छ। विभागले उत्तरी युरोपको लिथुआनिया र अफ्रिकन देश कङ्गोमा कामदार पठाउनका लागि सरकारसँग अनुमति मागेको हो।
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले उक्त दुई देशमा कामदारको माग आएको र पारिश्रमिक पनि आकर्षक हुने उल्लेख गर्दै त्यसतर्फ कामदार पठाउन अनुमति माग गरिएको बताए।



