पेशागत महासंघ नेपालले प्रधानमन्त्री भट्टराईलाई राष्ट्रिय सहमतिको आधारमा मात्र बजेट ल्याउन २० बुँदे ज्ञापन पत्र बुझायो

काठमाडौं । पेशागत महासंघ नेपालले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई राष्ट्रिय सहमतिको आधारमा मात्र बजेट ल्याउन सुझाव सहितका २० बुँदे ज्ञापन पत्र बुझाएको छ । विहिबार प्रधानमन्त्री कार्यलय पुगेर महासंघले ज्ञापनपत्र बुझाएको जनाएको छ । ज्ञापन पत्रमा सहमतिको बजेट मार्फत उत्पादनशिल क्षेत्रमा बजेट लगानी बृद्धि, कृषि र पशुजन्य क्षेत्रमा लगानी बृद्धि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भैरहेको व्यापारिकरण र निजीकरण अन्त्य गरी सर्वसुलभ सेवा उपलब्ध गराउन माग गरिएको छ ।


यसैगरी धरासायि सार्वजानिक संस्थाहरुको पुनरुत्थानमा जोड, देशभरका गाउँमा सुपथ मूल्यका पसल संचालन गर्नुपर्ने, राशनकार्डको व्यवस्था, बन्द संस्थान खोल्नु पर्ने लगायतका माग रहेका छन् ।

 

राष्ट्रसेवक कर्मचारीहरुको एक दिन बराबरको वार्षिक ग्रेडलाई सुनिश्चित गर्नुपर्ने, महङ्गी भत्ता उपलब्ध हुनुपर्ने जस्ता माग रहेका छन् । ज्ञापन पत्र बुझाए पछि महासंघले सिंहदरबार अगाडी एक घण्टा धर्ना दिएको थिए ।

 

– RSS

अन्य समाचारहरु