– डिल्लीराज घिमिरे
एकिकी । बैदेसिक रोजगारको क्रममा साउथ अमेरिका को सुदुर समुन्द्रि तट चिलीमा पुगेका सम्पूर्ण नेपाली हरुले सामुहिक रुपमा देउसीभैलो को साथ् मा मनाएका छन् ।
चिले नेपाली मंच को आयोजना मा एकिकी को तिक्नामार (एकिकी बन्दरगाह) को नजिकै भब्यताकासाथ सम्पूर्ण नेपालीको सहभागितामा नेपालि परम्परा अनुसार मनाईएको छ नेपाली परम्परा गत् तरिकाले सेल रोटि लगायात को विभिन्न प्रकारको व्यंजन सहित रात्रि भोजले त आज रमक्ता छाएको थियो ।
साथमा कमल पाण्डेको भैलीको रनाक्ले त् झन् नेपालकै आभास गरेको थियो कार्यक्रममा बिन्दु थापा सीता ढकाल रिमा गुरुङ इच्छा गुरुङ ले त् दिदीबहिनीको झझल्को मेटाउनु भाको थियो किनकि उहाको हातको परिकार साथमा सेल रोटि र अचार ..साथै देउसी भैलो गरि केहि रकम पनि जम्मा भएको जानकारी भैली टिम का संयोजक कमल पाण्डे (दुखि भाई) ले जानकारी दिनु भएको छ ।
आगामी आईत् बार 18 नोबेम्बर 2012 को दिन एइर्पोर्ट गाडन लास बेर्देमा सामुहिक पिकनिक कार्यक्रम को आयोजना गरिएको छ साथै लामो समय पछी नेपाल जादै गर्नु भएको एस समितिका सल्लाहकार राजेन्द्र कोइराला लागि बिदाई कार्यक्रम पनि गरिएको थियो ।