त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आजदेखि नयाँ सूचना प्रणाली संचालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आजदेखि नयाँ सूचना प्रणाली संचालनमा आएको छ । एयर ट्राफिक सर्भिस म्यासेज हेण्डलिङ्ग सिस्टम एएमएचएस नामक यो सूचना प्रणालीले हवाई सूचना वितरणमा गुणस्तरीयता ल्याउने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

 

अन्तराष्ट्रिय नागरिक उड्ययन संगठन आइकाओले यही नोभेम्वर पन्ध्रबाट नयाँ सूचना प्रणाली अनिवार्य गरेपछि तीन दिन अघि नै विमानस्थलमा सो प्रणाली जडान गरिएको थियो ।

 

एएमएचएस संचालनमा आएपछि सुचना प्रणालीको गुणस्तरमा बृद्धि भएको प्राधिकरणका महाप्रवन्धक रतीशचन्द्रलाल सुमनले जानकारी दिए ।

 

पर्यटन तथा नागरिक उड्ययन मन्त्री पोष्टबहादुर बोगटीले एएमएचएस प्रणालीको उद्घाटन गर्नुभयो । सो प्रणालीको स्थापनासँगै छिमेकी देशहरू भारत र चीनसँगको अन्तर्राष्ट्रिय उडानका सूचनामा नयाँ आयाम थपिएको प्राधिकरणले जनाएको छ ।


प्राधिकरणले तिहार लगत्तै चन्द्रगढी, विराटनगर, जनकपुर, लुक्ला, सिमरा, भैरहवा, नेपालगंज, सुर्खेत र धनगढी विमानस्थललाई पनि नयाँ सुचना प्रणालीमा आवद्धता गर्ने बताएको छ ।

 

– RSS

अन्य समाचारहरु