लक्ष्मी पूजाको अवसरमा गाई हत्या रोक्न पत्रकार सम्मेलन

स्याङ्जा  । स्याङ्जा जिल्लाका विभिन्न भागमा गौहत्याको श्रृङ्खला बढेपछि वालिङमा सामूहिक गौशाला सञ्चालन अभियान तीव्र पारिएको छ ।


लक्ष्मी पूजाको अवसरमा वालिङस्थित सामूहिक गौशाला व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी गौहत्या रोक्ने अभियान सशक्त रुपमा संचालन गर्ने जनाइयो । ५ रोपनी क्षेत्रफलमा निर्मित गौशालामा हाल २५ वटा गाई रहेका छन् भने यी गाईको चरनका लागि ५ रोपनी जग्गा लिइएको छ ।


स्थानीय जनताको मुठीदान कार्यक्रमबाट गौशाला सञ्चालन गरिएको हो । पत्रकार सम्मेलनमा पण्डित तथा पुरोहितहरुले हिन्दुत्व रक्षाका लागि पनि गाई संरक्षण अनिवार्य भएको बताए ।


स्याङ्जा तथा आसपासका जिल्लाहरुमा केही समूहहरु गाउँ गाउँबाट गाइ खरिद गर्ने र गोप्य रुपमा गाइ काटेर पोखरा लगायतका स्थानमा मासु आपूर्ति गर्ने काममा सक्रिय रहँदै आएको पाइएको छ ।

 

– RSS

अन्य समाचारहरु