यूएई सरकारद्वारा अबैधानिक कामदारलाई आममाफीको घोषणा

– उमाकान्त पाण्डे 
यूएई डेस्क – रोजगारीका लागि सम्युत्त अरब एमिरेट्स यूएई पुगेर गैरकानुनी(खल्लीबल्ली)कार्यरत आप्रवासी कामदारलाई यूएई सरकारले दुई महिनाको अल्टिमेटम सहित आम माफिको घोषणा गरेको छ । 
यूएईको इन्टेरीएर मन्त्रालयले गैरकानुनी रुपमा यूएईमा बसी अबैधानिक कामगर्दै आई रहेका बिदेशी कामदारहरुलाई जरिबाना शुल्क नलिने गरी आम माफी दिई यूएई छोड्न दुई महिनाको समय दिएको सरकारी वेबसाइटलाई उद्रित गर्दै स्थानिय संचारमाध्यमले जनाएका छन । 
नासर अल अल्वादी मिन्हाली नेचुरलैजेसन, रेजिड़ेंसी तथा पोर्ट्स अफएयर्स इन्टेरीएर मन्त्रालयका मेजर जनरल असिस्टेन्टका अनुसार बिभिन्न केन्द्र तथा सहयोगी डेस्क राखेर अबैधानिक रुपमा कार्यरत सम्पूर्ण कामदारलाई दुई महिना भित्र स्वदेश फिर्न सक्ने गरी आममाफी दिईएको छ । 
अरबिक भाषामा “खल्लीबल्ली” भनिने आप्रवासी कामदारलाई आउदो डिसेम्बर ४ देखि फेब्रुअरी ३ सम्ममा आफुलाई पायक पर्ने स्थानमा राखिएका सहयोगी डेस्कमा उपस्थित भएर आवेदन दिई स्वदेश फर्किन अनुरोध गरेको छ । आममाफी दिदा पनि गैरकानुनी तवरमा रहन खोजे कडा सजाय दिईने पनि यूएई सरकारले जनाएको छ । 
यूएईमा अत्यधिक बिदेशी कामदार करार अबधी नसकिदै बिभिन्न बाहनामा कम्पनी छोडेर भाग्ने वा साथीभाइको लहलहैमा लागेर धेरै कमाउने आशामा गैरकानुनी कार्यमा सम्लग्न हुने गरेको पाईन्छ । 
 
आफु गएको कम्पनी बाट करार अबधी नसकी वा तोकिएको कम्पनीमा काम गर्दागर्दै भगौडे रुपमा अन्यत्र कामगर्ने कामदारलाई यूएईमा गैरकानुनी कामदारको दर्जा दिईने गरिन्छ । यसरी कामगर्दा हुन सक्ने कुनैपनि जोखिमको स्वयम कामदारले नै जिम्मा लिनु पर्ने हुन्छ । भगौडे कामदारलाई स्थानिय प्रशाशनले समेत बिशेष निगरानी राखेर पक्राउ गरी जेलचलान तथा अन्य अपराधीक कृयाकलापमा सम्लग्न देखिएमा मृत्‍युदन्ड सम्म दिईन सक्ने कानुनी प्रावधान रहेको नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकालले जानकारी दिए । उनका अनुसार यूएईमा खल्लीबल्लीमा कार्यरत नेपालीको एकिङ विवरण नभए पनि ३ हजार भन्दा बढी अबैधानिक नेपाली रहेको हुन सक्ने अनुमान छ । 
गैरकानुनी रुपमा रहेकाहरुलाई दुई चरण गरी आउट पास र अन्य आबश्यक कागजहरु उपलब्ध गराईने छ । यो सेवा निशुल्क हो भने कामदार यूएईमा बसेर काम गर्न इच्छुक भए सम्बन्धित कम्पनीको सिफारिशमा भिसा शुल्क तिरेर भिसालाई निरन्तरता दिईन सकिने प्रावधान राखिएको छ । 
आप्रवासी कामदारका लागी सहयोगी डेस्क “एम्नेस्टी केन्द्रहरु” छिट्टै तोकिने छ । साथै सम्बन्धित मुलुकका यहाँ रहेका कुटनैतीक निकायहरुलाई समेत जिम्मा दीईन सकिने जनाइएको छ ।  
यो अवसर उपयोग गर्न र सम्बन्धित जानकारी लिनको लागि ८००५१११ टोल फ्री नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ भने एम्नेस्टी अबधि उपयोग नगर्ने र सो अबधि सकिएपछि गैर कानुनी रुपमा भेटिएमा कडा कानुनी कारबाही गरिने बताइएको छ । यो सुचना १४ नोवेम्बर २०१२ बुधबार http://www.emirates247.com/  मा पनि प्रकाशित गरिएको छ ।