शिविरमै भुटानी शरणार्थीको हत्या

झापाको बेलडाँगी-२ स्थित शिविरमा बिहीबार राति ८: १५ बजे एक भुटानी शरणार्थीको अज्ञात समूहले हत्या गरेको छ। सेक्टर इ-३ छाप्रो नम्बर ५९ मा बस्ने ४० वर्षीय नरबहादुर सुब्बाको धारिलो हतियार प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

 शिविरमा हिँडिरहेको अवस्थामा उनीमाथि आक्रमण भएको बताइएको छ।टाउकोमा चोट लागेका सुब्बालाई गम्भीर अवस्थामा राति नै दमकस्थित आम्दा अस्पताल लगिएको थियो। सुब्बाको घटनास्थलमै मृत्यु भएको प्रहरीको अनुमान छ।
यस घटनाको अनुसन्धानका लागि मृतककी श्रीमती सुकमाया सुब्बालाई प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ।

 

Source:Nagarik

अन्य समाचारहरु