महान चाड तिहारको अवसरमा एनआरएनए जर्मनी, एलसीसी फ्रान्कफोटमा नेपाली सांगितिक साझ भव्यताका साथ सम्पन्न

अनुप राना


फ्रान्कफोर्ट । नेपालीहरुको महान चाड तिहारको अवसरमा एनआरएनए जर्मनी, एलसीसी फ्रान्कफोटमा नेपाली सांगितिक साझ भव्यताका साथ सम्पन्न भएको छ । एन आर एन ए यूरोपियन क्षेत्रिय संयोजक कुमार पन्त र एन आर एन ए जर्मनीका अध्यक्ष पुष्प थापाको बिशेष अथित्वमा गत शनिवार भएको कार्यक्रममा कलाकार तथा एन आर एन ए जर्मनीको पुर्व केन्दि्रय सदस्य चन्द्र कुमार श्रेष्ठले नेपालीहरुको महान चाड दशैको बाँसुरी धुनले गई सकेको दशैलाई फेरी याद गराउँदै नेपाली सांगितिक दिपावली साझ जर्मनीको बाणिज्य शहर फ्रान्कफोर्टमा सम्पूर्ण नेपाली दिदी बहिनीहरु तथा दाजु भाईहरुको मनोरन्जनको लागि सुरु गरेका थिए।