नयाँ दिल्ली । तिहारको उपलक्ष्यमा नयाँदिल्लीमा बस्ने नेपालीले गाईगोरु तिहारका दिन बुधबार देउसीभैलो खेले ।
नेपाली राजदूतवास नयाँदिल्लीको आयोजनामा भएको सो देउसीभैलोमा कार्यवाहक राजदूत खगनाथ अधिकारी र अन्य कर्मचारी तथा विभिन्न संस्थामा आबद्ध ५०० नेपालीका नौ समूह सहभागी थिए ।
सहभागीले नेपालका विभिन्न भागको प्रतिनिधि हुने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । रासस