अन्तरास्ट्रिय अर्घाखाँची सम्पर्क मन्च तदर्थ समिति गठन

– उमाकान्त पाण्डे गाउंले  
यूएई – दुबइ ,विश्वभर रहेका अर्घाखाँचीबासीहरुलाई सम्पर्कमा ल्याइ जिल्लाको चौतर्फी विकासमा हातेमालो गर्ने उद्देश्यले अन्तरास्ट्रिय अर्घाखाँची सम्पर्क मन्च गठन गर्नका लागि तदर्थ समिति गठन गरिएको छ । 
देश बिदेशमा भएका जिल्ला संग सम्बन्धित संघसस्था र व्यक्तिको सामुहिक अनलाइन बैठक बसेर शुभ दिपावली (तिहार)को दिन तदर्थ समिति बनाइएको हो । गठित तदर्थ समितिले  अबको केही महिनामा संपर्कमा आउन बाँकी अन्य मुलुकका सम्पूर्ण अर्घेलीलाइ संपर्क गरी कार्य समिति को घोषणा गर्ने छ ।
अन्लाईन बैठकले अर्घाखाँची संपर्क समिति यूएईका अध्यक्ष समेत रहेका राजु खड्काको सयोंजकत्वमा ८७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । 
गठित तदर्थ समितिको उपाध्यक्षमा रिना पौडेल आचार्य,कर्णजंग रायमाझी र गिरिराज कोइराला,महासचिवमा डिल्लीराज घिमिरे,सचिवमा राम प्रसाद पराजुली,सह-सचिव(रित्त राखीएको)कोषाध्यक्ष नारायण सिंह कुँवर रहेका छन । 
सदस्यहरुमा चिरन के.सी.(युएई),बाबुराम पौडेल(युएई),चन्द्र सारुमगर(युएई),सम्राट धुर्ब के.सी.(युएई),क्रान्ति सिंह(कतार),पशुपति श्रेष्ठ(कतार),दामोदर अधिकारी (कतार),संजय पाण्डे(साउदी अरब),गिरिराज खनाल(साउदी अरब),तारा प्रसाद न्यौपाने(साउदी अरब),नेत्र प्रसाद बेल्बासे(साउदी अरब),दिपक भुसाल(ओमान),पशुपति जी.सी.(ओमान),कर्ण थापा(बहराइन),रहेका छन।त्यसैगरी केशब थापा(बहराइन),युबराज खत्री (बहराइन),विजय खत्री (मलेसिया),गणेश गैरे(मलेसिया),थम्मन के.सी.(साउथकोरिया),मोहन रायमाझी(अफगानिस्तान),लोकमणि बेल्बासे(अफगानिस्तान),राम प्रसाद बेल्बासे(इजराइल),डा.लोक मणि घिमिरे(भारत),अमित वि.क.(भारत),डासीराम पौडेल(भारत),विजय के.सी.(युके),बालकृष्ण श्रेष्ठ(यु.के),शरद वि.सी.(बेल्जियम),भिम रायमाझी(यु.एस),देबिराम गौतम(यु.एस),सालिकराम बेल्बासे(युस),भानुभक्त आचार्य(यु.एस),चुडामणि अर्याल (स्विडेन),नरेन्द्र भुसाल(अस्ट्रेलिया),शंकर गौतम (ईटली),हिम्मत पन्थी(ईटली),साथै नारायण भट्टराई(अफ्रीका),रमेश भुसाल(कुवेत),राजु कुँवर(पोर्चुगोल),टिका आचार्य(पोर्चुगोल),गोपाल पौडेल(पोर्चुगोल),बिनोद घिमिरे(पोर्चुगोल),दीपा शाह(जापान), खेम राज कुँवर (कुर्किस्थान),राजु क्षेत्री (कुर्किस्थान), सुबर्ण पाण्डे (लन्डन), आनन्द पन्थी (नेदरल्याण्ड), खेमराज आचार्य (कोरिया) र अन्य सदस्य पछि थपिने  जनाइएको छ । 
अहिले सम्म संचारमाध्यममा रहेर बिभिन्न देशबिदेशका खबर मार्फत सुसुचित गर्ने अर्घाखाँची डट्कम् लाई मुख्य मुख पत्र र जिल्ला सग सम्बन्धित अन्य अन्लाईन र छापामाध्यमका प्रतिनिधिलाई समेत तदर्थ समितिमा समावेश गरिएको छ । प्रवत्ता एवम मिडिया सयोंजकमा  उमाकान्त पाण्डे