धादिङ । मुग्लिङ नारायणघाट सडकखण्डअन्तर्गत कविलास गाउं विकास समिति केराबारीमा दुई युवकको शव फेला परेको छ ।
शव २५ मिटर तल त्रिशुली नदी किनारमा फालिएको अवस्थामा भेटिएको हो । शवको पहिचान नखुलोस भनेर मृतकका साथमा रहेको परिचय पत्र समेत वेपत्ता पारिएको छ ।
उनीहरु चढेको मोटरसाईकको नम्बर प्लेटसमेत झिकिएको छ । गएराती सो सडक खण्डमा कुनै सवारी साधनको ठक्करबाट उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान मुग्लिङ प्रहरीको छ ।
– RSS