काठमाडौं । आयारल्याण्डमा बस्दै आएका गैरआवासीय नेपालीहरुले समाजसेवी दिलशोभा श्रेष्ठ र पुष्पा बस्नेतलाई आर्थिक सहयोग गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गरी आमा घरकी संचालक दिलशोभालाई २ लाख ५० हजार र प्रारम्भिक बाल विकास केन्द्रकी सञ्चालक पुष्पालाई १ लाख रुपैयाँ उपलब्ध गराइएको हो ।



