स्थानिय स्तरमै सेवादिने हाम्रो लक्ष्य हो : मेज्ञाहर्ज स्टुडियो

विश्वमा गीत सगींतको आफ्नै महत्व र स्थान छ । सोही बिषयलाई राम्रो सँग अध्ययन गरी तपाईं हाम्रो शहर बुटवलमा पनि मेज्ञाहर्ज स्टुडियो उदाहर्णिय बन्दै छ ।

 


 

यहाँ धेरै प्रतिभाशाली ब्यात्तीहरु छन । आफुलाई केही न केही रुपले समस्यामा पारेपछी प्रतिभावान ब्यत्तीहरुका रचनात्मक कार्य धेरै तुहिएका छन। त्यसर्थ अब आउँदा पिडीलाई त्यसो नहोस् भन्नका खातिर बुटवलमा मेज्ञाहर्ज स्टुडियो स्थापना गरिएको संचालकहरु बताउछन ।

 

नेपाली सांगीतिक क्षेत्रले धेरै फड्को मारेको छ । सातसाले गायक गायिकाहरुका दुखेसो हेर्ने हो भने सुन्दा अचम्म लाग्छ। तर अहिले ‘प्रविधि विकास लोभलाग्दो ढङ्गले बढेको छ । हुन पनि सात सालताका मुलुकमा रेकर्डिङ स्टुडियो थिएन । गीत रेकर्ड गराउन कलाकारहरु पहिला भारतको  कलकत्ता पुगेर महिनासम्म बस्नु पर्थ्यौ त्यही समस्या नहोश भनेर अहिले मोफसलमा पनि मेज्ञाहर्ज स्टुडियो स्थापना गरिएको हो ।

 


 

यसलाई दुई जना ब्यात्तीले सन्चालनमा ल्याएका हुन । बुटवलका मनोज खड्का र रुपेश श्रेष्ठले २०६८ असार १२ गते बाट बुटवल १३ कालिकानगर बुद्दपथमा मेज्ञाहर्ज स्टुडियो सन्चालनमा ल्याएका हुन ।

सहरबजारमै रेकर्डिङ स्टुडियो खुलेपछि सर्वसाधारणा छक्क पर्नु अस्वाभाविक पनि होइन संचालक खड्काले बताए । सात सालको त के कुरा दशकअघिकै कुरा आश्चर्यलाग्दो छ रुपेशले भने राजधानी काठमान्डौमा एक गीत रेकर्ड गराउन दुई महिना सम्म डेरा जमाएर बस्नुपरेका कलाकारहरुले समयसमयमा सार्वजनिक गर्थे । त्यस्तो अब यहाँका गायक गायिकालाई नहोश भन्नका लागि हामीले लुम्बिनी अञ्चल तथा आसपासका स्थानहरुका प्रतिभाहरुलाई स्थान दिन पनि मेज्ञाहर्ज स्टुडियो सन्चालनमा ल्याएका हौ , श्रेष्ठले भने । 

 

 

 

उमेरले साँढे ३ दशक पारगर्दै गरेका मनोज खड्का अस्ट्रेलिया गएर म्युजिक प्रोडक्सन पफर्मेन्स ब्याचलेबल अध्ययन गरेर फर्किएका हुन । उनले ३ बर्ष त्यहा यसै क्षेत्रमा काम गरेका पनि हुन । बिदेश गएर जे सिकियो त्यो सिपलाई यहाँ प्रयोगमा ल्याउनु मेरो कर्तब्य पनि हो । त्यसैले हामीले यसो गर्यौ संचालक द्वय खड्का र श्रेष्ठले बताए । पिता प्रेम बहादुर र साबित्री खड्का को कोखबाट रुपन्देहीमा जन्मिएका उनी अहीले ३६ बर्षका भए । र पनि संगीतिक क्षेत्रमा उनले दिपक सिहं कालीकोटे र अन्य थुप्रै सँग कामगरेको अनुभब राखेका छन ।

 


 

३४ बर्षिय बुटवलकै रुपेश पनि ३ बर्ष अस्ट्रेलियामा बसेर यसै बिषयमा अध्ययन गरेका हुन । उनले अस्ट्रेलियामा बसेर साउन्ड ईन्जिनियरिङ्ग गरेर नेपाल फर्किएको बताए । दुई जना नै उस्तै र करिब उस्तै उमेर समुहका युवा जुटेर स्थापित भएको स्टुडियो मेज्ञाहर्जले अहिले आएर थुप्रै क्यासेट गिती एल्बम बजारमा ल्याएको छ ।

क्रिस्चियन धर्म सम्बन्धी गिती भजन “प्रभुको न्यानो अगांलोमा” एल्बम सुरुको कोशेली थियो स्टुडियो मेज्ञाहर्जको। केशब ज्ञवालीको “भत्केको प्रेम” अहिले पछील्लो पटक बजारमा लगिएको गिती एल्बमहो । आफुहरुले सख्यामा भन्दा पनि गुणस्तरमा बडी जोड दिएर गीत संगीत रेकर्ड गराउने गरेको संचालक द्वय खड्का र श्रेष्ठले बताए ।


करीब  १५ लाख नेपाली रुपैया लगानी बाट सुरुगरेको यो सेवामुलक व्यवसाय खासै फाईदा जनक नभए पनि सुबिधा दिन सकिएकोले चित्त बुझाउन सकिएको छ , श्रेष्ठले भने । संचालक द्वय खड्का र श्रेष्ठका अनुसार “पाइरेसी” चोरी ले गर्दा गीत संगीत स्टुडियोलाई बडी समस्या र चुनौती थपिदिएको छ । मोफसलमा रेकर्डिङ स्टुडियो नहुँदाका समस्या धेरौ छन तर अहिले १० वर्षको अन्तरमा सांगीतिक क्षेत्र निकै बढेको छ ।


‘अब गीत रेकर्ड गराउन राजधानी नै जानुपर्दैन,’ तपाईंहाम्रो सहरमै स्तरिय एल्बम निकाल्न सकिन्छ मेज्ञाहर्ज स्टुडियोका संचालक द्वयले बताए । ‘यसले कलाकारको ठूलो खर्च बचाएको छ,’ यसले कलाकारलाई राजधानी पुग्नैपर्ने समस्याबाट पार लगाएको पनि छ ।

 


 

‘मोफसलमै बसेर सांगितिक क्षेत्रमा केही गरौं भनेर बुटवललाई रोजेको,’ सञ्चालक रुपेश श्रेष्ठ भन्छन् – ‘धेरै राम्रा कलाकारले पनि यतै रेकर्ड गराउन थालेका छन् ।’ गीत मात्र होइन, विज्ञापन सामग्री रेकर्ड गर्न पनि लामै लाइन लाग्ने गरेको व्यवसायीहरू बताउँछन् । रेकर्डिङ सुविधा पाए पनि अन्य कुरामा मोफसल पछाडि नै रहेको कलाकारहरू सुनाउँछन् । ‘उत्पादन र बजारविस्तारमा अझै पछि छौ ।

एफएम बग्रेल्ती खुले पनि तिनले राजधानीकाले जस्तो गीतको रोयल्टी दिन सुरु गरिसकेका छैनन् । ‘एफएममा गीत बज्यो भनेर खुसी हुनुबाहेक अरू उपलब्धि छैन,’- ‘व्यावसायिकताको कमी छ ।’ एफएमले रोयल्टी नदिए पनि तिनबाट आफ्नो नाउँ फैलाउन पनि आफुहरुलाई सजिलो भएको भनाइ संचालक खड्काको भनाइ छ । यधपी संचालक द्वय रुपेश र मनोज खड्का भन्छन् – ‘उपलब्धि हासिल नभएको होइन तर व्यावसायिकतामा कमी आएको पक्कै हो ।



प्रस्तुति : उमाकान्त पाण्डे गाउंले 

अन्य समाचारहरु