तुलसीपुर – तुलसीपुरबाट विवाहको सामान किनमेल गरेर फर्कँदै गरेका एक १९ वर्षीय किशोरको बसले किचेर मृत्यु भएको छ।
तुलसीपुरबाट गोल्टाकुरीतर्फ जाँदै गरेको ना३ख ८०० नम्बरको बसले तुलसीपुर नगरपालिका-६ रजौरा भन्ने ठाउँमा आज साँझ पैदल हिँडिरहेका उरहरी गाविस-२ का १९ वर्षीय राजु नेपाली ठक्कर दिएको थियो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनको घटनास्थलमा नै मृत्यु भएको हो।
ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ। शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ। रासस



