क्लिन अफ डे वोल्डमा लुम्बिनी वेलफेयर सोसाइटी तथा अर्घाखाँची सम्पर्क समितिको सहभागिता

– राजु खड्का


युएई – आज दुबई को नाद अल सेवा भन्ने ठाउमा दुबई सरकार को आयोजना मा भएको को क्लिन अफ डे वोल्ड मा लुम्बिनी वेलफेयर सोसाइटी तथा अर्घाखाँची सम्पर्क समिति यु ए ई का सदस्य हरु को सहभागिता बाक्लो देखियो । बाताबरणले जीवन मा निकै ठुलो भूमिका खेल्ने भएकाले विश्व लाई फोहोर मुक्त बनाउनु पर्दछ भन्ने नारा का साथमा आयोजना गरिएको उक्त कार्यक्रम मा विभिन्न देश का नागरिक हरु को उपस्थिति थियो ।

 


 

यसै मौका मा लुम्बिनी वेलफेयर सोसाइटी का अधक्ष्य डी यल शर्मा ले नेपाली टिम को संयोजक्तो  गर्नु भएको थियो साथमा  उक्त सोसाइटी का उपाध्यक्ष तथा अर्घाखाँची सम्पर्क समिति का अधक्ष्य राजु खड्का, महा सचिब  गीता मणि पाण्डे, सह- कोसाध्यक्ष बाबुराम पौडेल, सल्लाहकार प्रकाश कोइराला सदस्य हरु उत्तम अधिकारी, गोपाल शर्मा, युबराज भुसाल,सरस्वती कोइराला चितवन का श्याम कडेल, सुदीप तिमिल्सिना लागाएत धेरै साथीहरु का साथमा नेपाल पर्वासी संघ यु ए ई को पनी सहभागिता थियो ।

बिश्व आज दिन प्रतिदिन बाताबरण को कारण ले धेरै थरिका रोग हरु को दल दलमा फसिरहेको अबस्था छ । बिस्व लाई सफा बाताबरण ले भरि पूर्ण गर्न को लागि येसरी आफ्नो केहि समय सदुपयोउ  गर्न पाउनु गर्व को बिसय हो र येस बाट हामी ले केहि सिकी आफ्नो देश मा पनी बाताबरण को बारेमा जन चेतना जगाउने पर्ने राजु खड्का ले बताउनु भयो. करिब बिहान ८.३० देखि सुरु भएको उक्त कार्यकर्म ११.३० सम्म चली रहयो ।


विभिन्न देश बाट आयोजना मा सहयोग पुराउने नागरिक हरु मा निकै जोश अनी जागर देखिन्थियो । आफु ले येस भन्दा पहिला पनी येस्ता कार्यकर्म मा सहभागिता जनाएको र अब आउने सामाजिक हक हित खाले कार्यकर्म मा लगातर सहभागिता जनाउने उक्त कार्यकर्म मा नेपाली को तर्फ बाट संयोजक रहनु भएका लुम्बिनी वेलफेयर सोसाइटी का अधक्ष्य डी यल शर्मा ले बताउनु भयो ।