प्रमाणिकरणमा नपरेका लडाकुद्वारा चितवनको पलासेमा ट्रकमा आगजानी

प्रमाणिकरणमा नपरेका माओवादी लडाकु ले राहत पाउनु पर्ने माग गर्दै भक्तपुरको पलासेमा ट्रकमा आगो लगाई दिएका छन् ।बनेपाबाट काठमाडौं आउँदै गरेको ग १ क ११३७ नम्बर ट्रकमा शनिबार बिहान पौने तीन बजे आगजानी गरेको प्रहरीले जनाएको छ । ट्रककको अगाडिको भाग जलेको छ ।
सरकारले राहत दिन लागेपनि विपक्षी दलको बिरोध र सर्वोच्व अदालतको आदेशले रोकेकोले बिरोधमा उत्रिएका आगजानीमा संलग्न लेलिन बिष्टले बताए ।
आगो लगाउने व्यक्तिले सञ्चारकर्मीलाई हामीले लगाएको भन्दै जानकारी गराएपनि प्रहरीले भने कसले लगाएको थाहा छैन भन्दै पन्छिने गरेका छन् ।  महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक पुष्कर केसीले आगो कसले लगाएको भन्ने यकिन नभएको बताए ।
‘४/५ जनाको समूहमा आएको व्यक्तिले बन्द भन्ने थाहा छैन भन्दै आगजानी गरेछन्,’उनले भने,’कसले आगो लगाएको हो अनुसन्धान भइरहेको छ ।’

अन्य समाचारहरु