– कमला बस्नेत
बुटवल । बुटवलबाट प्रकाशित हुने दैनिक पत्र, जनसंघर्ष र स्वाधीन दैनिक एउटै प्रकाशन संस्थाबाट प्रकाशित हुने भएका छन् ।
बुटवल मिडिया प्रकाशन प्रा. लि.बाट प्रकाशित हुने दैनिक पत्र दैनिक, हाइटेक अफसेट प्रकाशन प्रा.लिबाट प्रकाशित हुने जनसंघर्ष दैनिक र स्वाधीन प्रकाशन प्रालिबाट प्रकाशित हुने स्वाधीन दैनिक अबदेखि बुटवल मिडिया प्रकाशन प्रालिबाट प्रकाशित हुने भएका हुन् । तीनवटै प्रकाशन संस्थाबीच भएका दुई चरणका सम्झौता अनुसार दैनिक पत्रलाई दैनिक, जनसंघर्षलाई साप्ताहिक र स्वाधीनलाई मासिक रुपमा प्रकाशित गर्ने निर्णय भएको हो ।
शुक्रबार भएको दोश्रो चरणको सम्झौतापत्रमा बुटवल मिडिया प्रकाशन प्रालिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजू, पूर्व अध्यक्ष डा. ईश्वर गौतम, सञ्चालक अजयमान श्रेष्ठ र प्रबन्ध सञ्चालक डिल्लीकुमार श्रेष्ठ, हाइटेक अफसेट प्रकाशन प्रालिका अध्यक्ष महेशमान सिंह, पूर्वअध्यक्ष बेनुराम प्रधान, सञ्चालक अनुपमान सैंजु, प्रधान सम्पादक तथा सञ्चालक बालकृष्ण चापागाई तथा स्वाधीन प्रकाशन प्रालिका तर्फबाट प्रधान सम्पादक तथा सञ्चालक डीआर घिमिरे र सम्पादक तथा सञ्चालक तिलक आचार्यले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार पत्रकारिताको व्यावसायिक धर्म र मर्मअनुसार सम्पादकीय स्वतन्त्रताको सम्मान एवं सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै तीनवटै संस्थालाई गाभेर व्यवसायिकताको भावना अनुरुप अघि बढ्न सहमत भएको उल्लेख गरिएको छ ।
सम्झौता पश्चात पाठक, विज्ञापनदाता र शुभेच्छुकहरुलाई यो अभियानले उत्साह जगाउने र नेपाली मिडियाकर्मीलाई सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गदै विज्ञप्तिमा भनिएको छ-