सन्देश पोखरेल
नागोया जापान
सामुहिक लगानी सम्बृद्ध नेपाल, क्षेत्रिय सहभागिता हाम्रो अभियान भन्ने
नारासहित गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापानको वार्षीक
अधिवेशन नागोयास्थित ओबू सिटि हलमा सम्पन्न भएको छ |
निर्धारित समय भन्दा केहि समय ढिला गरि शुरु भएको साधारण सभाको उद्घाटन
जापानस्थित नेपाली राजदूताबासका महामहिम राजदूत प्रमुख अतिथि डा.मदन
कुमार भट्टराई र बिशेष अतिथिमा आईसीसीका प्रमुख संरक्षक तथा पुर्व
अध्यक्ष देवमान हिराचनले पानसमा बत्ति बाली संयक्तरूपमा गर्नु भएको थियो
|
उक्त साधारण सभामा नेपाली दुतावासका उपनियोग प्रमुख तपस अधिकारी , आइ
सी सी कोषाध्यक्ष भवन भट्ट , आइ सी सी एसिया प्रशान्त उप संयोजक किरण
बिक्रम थापा , आइ सी सी सदस्यहरु डा. सुदिप अधिकारी , रोविन्द श्रेष्ठ
(गोबिन्द), रोशन के.सी ,संयुक्त लगानी समितिका सह संयोजक महेश कुमार
श्रेष्ठ रहनु भएको थियो | विभिन्न संघ सस्थाको प्रतिनिधित्व गर्दै
नेसाजका अध्यक्ष कृष्ण भेटुवाल, अनेसासका अध्यक्ष प्रकाश पौडेल माइला, आइ
एन सी जेका महासचिव पुष्करजंग थापा, फुकुओका नेपाल सोसाइटीका अध्यक्ष
भारत गौतम , इन्जिनियर्स एशोशिएसनका डा. मधुसुदन कायस्थ , नेपाली
जनसम्पर्क समितिका उपाध्यक्ष शेर बहादुर के सी , एन डी एफ जापानका
सल्लाहकार सुर्य पाठक ,नेपाली जनप्रगतिशील मोर्चा नागोया कमिटिका सचिव
सन्जिब खनाल लगाएतको उपस्थित रहेको थियो |
कार्यक्रम उद्घाटन सत्रमा शुभकामना मन्तब्य राख्नु हुदै आइ
सी सीका प्रमुख संरक्षक देवमान हिराचनले एन आर एन भनेको प्रवासी सम्पूर्ण
नेपालीको स्वच्छ विचारको सस्था हो ,यसमा लगानीका नाममा नाफा घाटाको
व्यवसाय गरिने कुनै कम्पनि होइन भन्दै संयुक्त लगानी गर्ने एन आर एन ले
नभई एन आर एन भित्रका व्यक्तिहरुले भएकोले लगानीको जवाफदेहिता एन आर एन
सस्था नभएको बताउनु भयो | अर्को एक प्रसंगमा उहाले एन आर एनको दर्ता
नेपालको सरकारी परिभाषा अनुसार नभई एन आर एनको बिधान अनुसार हुनुपर्ने
कुरामा जोड दिनु भएको थियो | सोहि अवसरमा शुभकामना मन्तब्य राख्नु हुदै
कार्यक्रमका प्रमुख अतिथि तथा महामहिम राजदुत डा. मदन कुमार भट्टराईले
आफु आएको एक बर्षको अनुभाबमै जापानमा रहेका नेपालीहरुको क्रियाशीलता
संगै सदभाव र आत्मियता साच्चिकै उदाहारणीय रहेको बताउदै यो लगनशिलता र
सदभाब अझ बढ्दै जाओस भन्दै साधारण सभाको सफलताको शुभ कामना ब्यक्त गर्नु
भएको थियो |
एन आर एन जापान तोकाई होकुरिकुका कार्यबाहक संयोजक बिष्णु
प्रसाद घिमिरेले स्वागत मन्तब्य राख्नु भएको उद्घाटन सत्रको संचालन
सस्थाका महासचिव डा.राजेन्द्र पराजुलीले गर्नु भएको थियो भने कार्यक्रमको
सभापतित्व सस्थाका अध्यक्ष ओम गुरुङले गर्नु भएको थियो |
साधारण सभाको मुख्य बिन्दुको रुपमा हेरिएको बन्द सत्रमा सस्थाको
वार्षिक कार्य प्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदन साथै विभिन्न
क्षेत्रका क्षेत्रीय समितिहरुको वार्षिक प्रतिबेदन पेश गरिएको थियो |
सस्थाका सचिव सरोज कंडेलको संयोजकत्वमा डा. सुदिप अधिकारी र मेघराज
नेपालको सदस्यतामा गठित बिधान मस्यौदा समितिले पेश गरेको २०१० को संसोधन
सहितको बिधान सभामा सहभागी प्रतिनिधिहरुको सुझाब
सहित सर्वसम्मतले पारित गरेको छ |
सधै टोकियो क्षेत्रमा मात्र हुने गरेको एन आर एन जापानको
अधिबेशन पहिलो पटक क्षेत्रीय सहभागिताको नारा लिदै नागोयामा सम्पन्न
गरेको छ भने अर्को अधिबेशन कान्साई क्षेत्र अन्तर्गत ओशाकामा गरिने
निर्णय पनि उक्त बन्द सत्रले गरेको छ | साधारण सभा हुनु पूर्व २३ गते
बेलुकी एन आर एन आइ सी सी का सदस्य रोविन्द श्रेष्ठ (गोबिन्द)ले सबै
सहभागीहरुलाई रिसेप्सन पार्टीको व्यवस्था गर्नु भएको थियो |
यस्तै पहिलो पटक आफ्नो क्षेत्रमा केन्द्रीय परिषदको अधिबेशन
भव्यता पुर्बक सफल बनाउन क्षेत्र संग समन्वय गर्दै अहोरात्र खट्नु हुने
यस क्षेत्रका सस्थापक अध्यक्ष एबम सल्लाहकार पारसमणि पोखरेल , एन सी सी
जापानका उपाध्यक्ष डिलाराम खरेल ,सचिव सरोज कंडेल र सदस्य केशर गिरि सहित
कार्यक्रममा पाल्नुहुने सम्पूर्ण महानुभाबहरुलाई तोकाई होकुरिकु
क्षेत्रीय परिवारले हार्दिक धन्यवाद ब्यक्त गरेको छ |