ओमानको राजधानी मस्कटमा एक नेपालीको असामाहिक मृत्‍यु

– शालीकराम आचार्य 

 

मस्कट घाला, ओमान  – बैदेशिक रोजगारीका लागी खांडी मुलुक ओमानको राजधानी मस्कटको घाला स्थीत अलबाजा कम्पनीमा काम गर्दै आएका जिल्ला सिन्धुली गाउँ बिकास समिती दुधौली ओडा न.१ रातामाटेका २८ बर्षीय लोक बहादुर सुनवार को असामाहिक मृत्यू  भयको छ  ।

 

बिगत ५ वर्ष ३ मैना लामो समय देखी मस्कटमा कार्यरत लोक बहादुर को गत २६ नभेम्बर को अचानक टाउको दुखेको र रिगंट्टा लाग्यो भन्दै उनि बदरअलसामा अस्पतालमा जँचाउन पुगेका तथा जाँच्दा जाँच्दै लोक बहादुरको  नाकमुख बाट रगत बग्न थाले पछी उन लाई भर्ना हेतु लगीयो तर उनलाई रगतको अती आवस्कत्ता भएको ले उन लाई रोयल अस्पतालमा भर्ना गरीयो । डाक्टरले ब्लडक्यांसर को संका जाहिर गर्दा गर्दै उनको मृत्यू भयको हो तर अस्पताल बाट पुरा रिर्पोट न मिलेकोले मृत्यू को ठोस कारण खुलेको छैन ।

 

लोक बहादुर सुनवार परिवारका साँइला छोरा थिय धेरै मायाँ गर्ने श्रीमती र एक छोरा ले घरमा उन लाई प्रखेर बसेका छन । आफ्ना सहव्रmमी तथा प्रवाशी नेपाली साथीहरु को माज मा धेरै चर्चीत थिय हरेक नेपालीको दुखःमा हातेमालो गर्ने लोक बहादुर आज उनै आफुले कमाएका साथीहरु को काखमा आफ्नो अन्तीम विदा लिएका हुन । मृतक को दिवंन्गत शव कानुनी प्रक्रिया पुरा भएपछी चाँडो भन्दा चाँडो नेपाल फर्काउने प्रक्रिया पुरा गरीने भएको छ ।

 

मृतक लोक बहादुरको परीबार मा आमा वुबा एक छोरा,श्रीमती तथा दाजु भाई दीदी बैनीहरु छन । सुनवार परीवारमा भएको दुखः को घडीमा ओमानका प्रवाशी नेपालीहरु ले शोक संम्पव्द परीवारमा सम्वेदना तथा मृतक लाई श्रधाअंञ्जली व्यक्त गरेका छन ।