पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा जन्ति चढेको जीप दुर्घटना हुँदा दुलहादुलही सहित १४ घाइते

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोति जंगलमा बिहीवार साँझ जन्ति चढेको जीप दुर्घटना हुँदा दुलहादुलहीसहित १४ घाइते भएका छन् । दुलहादुलहीसहित ६ जनाको अबस्था गम्भिर छ । सुर्खेत भैरवस्थान-३ का दुलहा केशव कँडेल, बिवाह गरी ल्याइदै गरेकी उनकी  पत्नी रत्नासहित ६ जना गम्भीर घाइते भएका हुन् ।


गोरखाको मनकामनाबाट सुर्खेततर्फ र्फकदैं गरेको भे. १ च १२३० नम्बरको जीप र विपरीत दिशाबाट आउँंदै गरेको ना. ३ ख ७३९५ नम्बरको माइक्रोबस आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।


जीपका चालकले मदिरा सेवन गरी चलाएको आरोप यात्रुले लगाए । जीप र माईक्रो चालक फरार छन् । सामान्य घाइते भएकाहरुको कावासोतिस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको र गम्भिर घाइतेलाई चितवन मेडिकल कलेज पठाइएको छ ।

 

– RSS

अन्य समाचारहरु