अर्घाखाँची संपर्क समिति दुबइ क्षेत्रिय समितिका अध्यक्ष पौडेललाई बिदाइ एवम सम्मान गरियो

– उमाकान्त पाण्डे गाउंले  



अखाँटा – दुबइ डेस्क – अर्घाखाँची संपर्क समिति यूएई दुबइ क्षेत्रिय अध्यक्ष बाबुराम पौडेललाई बिदाइ एवम सम्मान गरिएको छ । दुई बर्ष अगी यूएई आएका पौडेल यहाँ रहेका बिभिन्न संघसस्थामा आबद्द रही कार्यरत थिए । यूएईमा अर्घाखाँची संपर्क समितिको स्थापनाकाल देखी सकृय पौडेल समितिको दुबइ क्षेत्रिय अध्यक्ष पदमा रही सामाजिक कार्यमा संलग्न थिए । सामाजिक सस्थामा रहेर महत्वपुर्व योगदान दिएको भन्दै अर्घाखाँची संपर्क समिति यूएईले पौडेललाई खादा र प्रशंशा पत्र द्वारा सम्मान गरेको हो ।  

 


 

रोजगारीको शिलशिलामा यूएई छोडेर सम्युत्त राज्य अमेरिका जान लागेकोले बिशेष सम्मानका साथ बिदाइ गरिएको हो । गत बिहीवार दुबईमा रहेको सिन्ध पन्जाब रेस्टुरेन्टमा पौडेललाई यूएईमा रहेका बिभिन्न सामाजिक संघसस्थाका प्रतिनिधिको उपस्थितीमा सम्मान एवम बिदाइ गरियो। कार्यक्रममा अर्घाखाँची संपर्क समिति यूएईका सल्लाहकार चन्द्र सारुमगर , कृष्ण भुसाल , नेपाली समाज यूएईका दुबइ क्षेत्रिय अध्यक्ष रबिन्द्र लामा, नेपाली एकता समाज यूएईका सल्लाहकार शिवराज जैसी,लुम्बिनी वेलफेयर सोसाइटीका अध्यक्ष्य डिएल शर्मा,बाग्लुङ सेवा समाजका अध्यक्ष गोपाल कडेंल,फेवाफोर्सका अध्यक्ष गुप्त शेखर पौडेल,चितवन सेवा समाजका सुदिप तिमील्सिना, नेपाली प्रवासी महिला संघ यूएईकी अध्यक्ष सीता भुर्तेल,अर्घाखाँची संपर्क समिति यूएईका उपाध्यक्ष सम्राट धुर्ब केसी, कोषाध्यक्ष्य अर्जुन खड्का ,सचिव जिवन केसी, पत्रकार कृष्ण बि.क., लालबहादुर ढेगां,गीतामणी पाण्डे, लगायत अर्घाखाँची संपर्क समिति यूएईका केन्द्रिय तथा क्षेत्रिय पदाधिकारीहरुमा दुबइ क्षेत्रिय समितिका उपाध्यक्ष अरुण सोमै, सचिव मनोज जि.सी.,सह-सचिव गणेश श्रेष्ठ, लगायतको उपस्थिती रहेको थियो ।

 


 

कार्यक्रममा बोल्ने अधिकाशंले युएइमा अर्घाखाँची सम्पर्क समितिले युएईबासी नेपालीहरुमा पुर्याएको योगदान र समितिको एक जिम्मेबार पदमा बसेर काम गरेको हैसियतमा बाबुराम पौडेललाई त्यसको श्रेय जाने भएकोले सम्पर्क समिति र पौडेलको प्रशंशा गर्दै समितिको अग्रगतिको कामना गरेका थिए । 



कार्यक्रममा बोल्दै पौडेलले आफुलाई सम्मान्न एवब बिदाइ गरेकोमा आभार ब्यत्त गरेका थिए । आफु जहां जस्तो अवस्थामा रहे पनि अर्घाखाँची संपर्क समितिलाई सक्दो सहयोग गर्ने उनले बताए । जिल्ला र जिल्लाबासीका लागि सस्थामा रहेर सदैब साकारात्मक तवर बाट पहल गर्ने पौडेलको भनाइ थियो । 

 


 

समितिका सल्लाहकार चन्द्र सारुमगरको स्वागत मन्तब्य, केन्द्रिय सदस्य बिष्णु प्रसाद आचार्यको सन्चालनमा सम्पन्न कार्यक्रमको शभापतित्व अर्घाखाँची संपर्क समिति यूएईका केन्द्रिय अध्यक्ष राजु खड्काले गरेका थिए । 



कार्यक्रममा बोल्दै समितिका अध्यक्ष राजुखड्काले अर्घाखाँची सम्पर्क समितिले गरेका सामाजिक कार्यमा अन्य संघसस्था बाट सकारात्मक सहयोग पाइरहेको बताउदै समितिको एक कृयशिल ब्यात्तीलाई बिदाइ गरिए पनि पौडेलको उज्वल भबिश्यको कामना समेत गरे । हालै अन्तरास्ट्रिय संपर्क मन्चको तदर्थ समिति गठन भएकोले त्यस सन्जाललाई विश्व ब्यापी बनाउन सबैबाट सहयोगको आशा राखेको खड्काले जनाए।    



अर्घाखाँची संपर्क समितिले पछील्लो समयमा यूएईमा आफ्ना गतिबिधीलाई तिब्रता दिएको छ । सामाजिक कार्यमा हातेमालो गर्दै सम्पूर्ण संघसस्थालाई सहकार्यका लागि आग्रह समेत गरेको छ । कार्यक्रममा रात्री भोजको समेत ब्यबस्था गरिएको थियो ।