– उमाकान्त पाण्डे गाउंले
नेपाली समाज यूएईको बिशेष भेला गत शुक्रबार (नोभेम्बर ३०) सम्पन्न भएको छ । दुबइको सिन्ध पन्जाब रेस्टुरेन्टमा भएको बिशेष भेलाले आगामी कार्य समितिको निर्माण प्रकृया , नेपाली समाजका बिबिध पक्ष र भाबी कार्ययोजनाको बारे ब्रिहत छलफल गर्यौ ।
नेपाली समाज युएईको बर्तमान कार्यसमितिले आफ्नो दुई बर्षको कार्यकाल पूरा गरेको संदर्भमा समाजको आगामी कार्यसमिति निर्माण गर्नु पर्ने र यस् बिषयमा समाजमा आबद्द संघसस्थाको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको हो ।
निर्बाचन समिति निर्माण सम्बन्धी छलफल तथा आगामी कार्ययोजना तर्जुमा गर्नका लागि गरिएको बिशेष भेलामा आजीवन सदस्य,समाजसेबी,बुद्दिजिबी,पत्रकार बिभिन्न संघ सस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
यस् कार्य समितिको कार्यकाल आगामी जनवरी २८ मा सकिने भएकोले नयाँ कार्यसमिति गठन गरी कार्यभार हस्तान्तरण गर्ने प्रचलन अनुसार आगामी मार्च महिनाको १ तारिख (पहिलो शुक्रबार) सम्ममा निर्वाचन गराउने गरी निर्वाचन समिति समेत गठन गरिएको छ । ३ जनाको निर्वाचन आयोग समिति तथा अन्य ३ जनाको निर्वाचन सल्लाहकार समिति गठन गरिएको छ ।
समितिको सम्योजकमा गोपाल प्रसाद कडेल, सदस्यमा ममता बिष्ट, र राजु खडका रहेका छन भने सल्लाहाकार समितिमा डिआर गुरुङ , उत्तम अधिकारी र बिमला भट्ट रहेका छन ।
युएईमा स्थापना भएका सबै संघ सस्थाहरुलाई आगामी कार्य समितिमा आउन आग्रह गर्दै संयोजक गोपाल कडेंलले आगामी मार्च महिनामा हुने नयाँ कार्यसमिति गठन प्रकृयामा सहयोग गर्न सम्पूर्णमा आग्रह गरेका थिए । “हामीले सक्दो सहमतीको प्रयास गरी नेत्रित्व दिलाउने छौ अन्यथा प्रजातान्त्रिक पद्ती अनुसार समाजको बिधानमा रहेर निर्वाचन प्रकृयामा जाने छौ” कडेंलले भने ।
युएईमा रहेका नेपालीहरु र नेपाली संघ संस्थाहरुलाई समेट्दै नेपाली समाज साझा सस्थाका रुपमा सामाजिक भाबना सहित १९९० देखि युएईमा रहेको र बिगतका दिनहरुमा ठुला सघर्षहरु गरेको स्मरण गराउदै नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकालले आफुले जुनसुकै अबस्थामा पनि सामाजिक कार्यलाई आत्मसाथ गर्दै लागिपरेको र आफ्नो तर्फबाट सदैब तयार रहने भएको बताए । “अब हाम्रो समयावधी सक्किन लागेको छ नयाँ पिढीलाई हस्तान्तरण गर्नै पर्छ त्यसर्थ तपाईंहामी सबै मिलेर समाजलाई मलजल गरौ”, अध्यक्ष ढकालले भने ।
कार्यसमिति भित्र मन मुटाब भएकै कारण बिशेष भेलामा सबै कार्य समितिका पदाधिकारी उपस्थिती नभएको प्रती सकेंत गर्दै नेपाली जनप्रगतिशील मंच युएईका सल्हाकार उत्तम अधिकारीले
समाजलाई पछाडी पार्न लागि परेका मान्छे कार्यसमितिको जिम्मेवार पदमा बसेका कारण समाज पछाडी परेको आरोप लगाए ।
नि-स्वार्थ भावनाले सेवामा लाग्न र समाजको सेवा गरेर मात्र समाजसेवीको नाम बाट परीचित हुन अर्घखाची संपर्क समितिका अध्यक्ष तथा अन्तरास्ट्रिय अर्घाखाँची संपर्क मन्च तदर्थ समि तिका संयोजक राजु खडकाले आग्रह गरेका थिए ।
समाजका गतिबिधी एवम सुचना प्रबाहमा देखिएको कमजोरीका कारण १९ वटा संघ सस्था आबद्ध साझा नेपाली समाज पछाडी पर्नु दुखको कुरा भएको किरात याक्थुङ चुमुल्ङका अध्यक्ष पी.एस.लिम्बुले उल्लेख गरेका थिए । उनले भने “बिधानत : यसरी भेला गरेर निर्वाचन समिति गठन गर्न मिल्दैन,यदी बिशेष परिस्थिती अनुसार यसो गरिए परीआएको खण्डमा केन्द्रिय समितिले बहुमतले पारीत गर्न सक्नु पर्ने चुनौती भएकोले सोच बिचार गरेर अघी बड्नुस्” ।
युएईमा रहेका सबै संघ सस्थालाइ मिलाएर लैजान जनजाती तथा तमु समाजको तर्फबाट डी.आर.गुरुङले आग्रह गरेका थिए । नेपाली समाजलाई तपाईं हामी सम्पूर्ण संघसस्था मिलेर मात्र अघाडी बडाउन सकिन्छ, ‘त्यसर्थ वादविवाद भन्दा पनि छलफल र सकारात्मक बहसबाट अगाडि लैजानु पर्ने जोड गुरुङको थियो’ ।
नेपाली समाजका बिषयमा बाहिर निकै टिकाटिप्पणि हुने गरेको भन्दै समाज भित्रबसेर फाईदा लिने तत्वको पनि हाबी भएका स्रोत प्राप्त भएको पत्रकार निमकान्त पाण्डेले उल्लेख गरेका थिए । तर के कस्ता स्रोत र प्रमाण हुन उनले केही खुलाएनन ।
नेपाली समाजलाई नबुझेर आएकाले समाजलाई भने जस्तो गतिमा लैजान नसकेको भनाइ एनआरएन आईसीसी सदस्य छत्र लामाको थियो । नेविसंघ केन्द्रिय सदस्य तथा महिला प्रतिनिधि बिमला भट्टले नेपाली समाज भित्रि रुपबाट र बाहिरबाट देखिनेमा धरै फरक महसुस गर्दै जुनसुकै कार्यक्रममा नेत्रित्व नै दौडिएको आफुले पाएको भनाइ राखेकी थिईन । युएईमा १०/१२ जना मिलेर संघ सस्था खोल्ने प्रब्रिती बडेको प्रती सकेंत गर्दै समाज सेवामा नै लाग्ने हो भने एउटै साझा सस्था नेपाली समाजमा आइ सेवा गर्न नेपाली कल्याणकारी समितिकि अध्यक्ष ममता बिष्टले सबैलाई आग्रह गरिन । जन-सम्पर्क समितिका उपाध्यक्ष खेमराज बस्नेतले समाजलाई साझा रुपमा हेर्न र संगठनले सदैब सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
बाग्लुंङ सेवा समाजका कोषाध्यक्ष पिताम्बर पाण्डेले समाजमा रहेका गलत तत्व प्रती सकेंत गर्दै बोलेका केही शब्दले अश्यभ्यता झल्किएको भन्दै बोल्ने अधिकाशंले त्यस्ता शब्द प्रयोगमा सोच्नु पर्ने भनाइ राखेका थिए ।
मगर समाज युएईको तर्फबाट कार्यक्रममा बोल्दै नुन प्रशाद सोमैले नेपाली समाजमा आबद्द भए पनि सुचिक्रित संघसस्था सँग समन्व्यब नगरिएकोले कहिलेकाही साझा सस्था र अन्य सुचिक्रित संघसस्थाका कार्यक्रम जुध्नेगरेको उदाहरण दिदै अब त्यसो नहोश भन्नका लागि वार्षिक कार्य तालिका सहित क्यालेन्डर बनाएर अघी बड्नु पर्ने भनाइ राखेका थिए ।
नेपाली प्रवासी संघ यूएईका प्रतिनिधि श्याम कडेंलले नेपाली समाजका पदाधिकारी समाज प्रती किन उत्तरदायी नभएका होलान भन्ने तर्फपनि सोच्नु पर्ने र अध्ययन गर्नु पर्ने भनाइ राखेका थिए ।
समाजमा खिया लाग्यौ, समाजमा गलत ब्यत्ती हावी भए भन्ने गरिए पनि समाधान तर्फ खासै ख्याल नगरिएको भनाइ समाजका आजीवन सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले राखेका थिए ।
कार्यक्रममा स्याङजा सहयोग समाज,गुल्मी सेवा सामज,गोर्खा सेवा समाज,चितवन समाज,कलाकार संघ,लुम्बिनी वेलफेयर सोसाइटी,नेपाल पत्रकार महासंघ शाखा युएई साथै अन्य विभन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
प्रथम चरणको कार्यक्रमलाई समाजका सहकोषाध्यक्ष शिवराज जैसीले सन्चालन गरेका थिए भने निर्वाचन सम्बन्धी बिबिध बिषयमा गरिएको छलफल कार्यक्रमको सन्चालन पत्रकार तथा नेपाली समाजका सचिव उमाकान्त पाण्डे