– कृष्ण खनाल
बुटवल, मंसिर१६ – बुटवल जेसिजको ३९ औं अधिवेसन तथा बार्षिक साधारण सभामा नया नेतृत्वका लागि सर्बसम्मतको प्रयास अहिले पनि जारि छ ।
अध्यक्ष पदमा गणेश चन्द्र पोखरेलको संभाबना बढि देखिएको छ । त्यस्तै गरि दिनेश श्रेष्ठपनि अध्यक्षको मैदानमा छन् । हिजो भएको उद्घाटन कार्यक्रम पर्यटन विद् कर्ण शाक्यको प्रमुख आतिथ्यतामा भएको थियो ।
सभाको उद्घाटन कार्यक्रममा पुर्व विधायक सुर्य प्रसाद प्रधान, बुटवल जेसिजका लालहरी पाण्डे, रुपन्देही व्यापार संघका अध्यक्ष टंक पोखरेल, बुटवल जेसिजका अध्यक्ष हिमाल गैरे, मनोज भट्राई, दल बहादुर गुरुङ्ग, गोपाल अधिकारी, बुनपाका कृष्ण ज्ञवाली, लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा लुम्बिनी भ्रमण बर्ष २०१२ लाई लक्षित गरेर तयार पारिएको डारेक्टरी विमोचन गरिएको थियो ।