यूएईमा कार्यरत अर्घाखाँची बासीको आबुधाबीमा भेला गरिने

– उमाकान्त पाण्डे गाउंले  
सम्युत्त अरब एमिरेट्स यूएईको आबुधाबीमा अर्घाखाँची बासीको भेला हुने भएको छ । रोजगारी तथा बिभिन्न पेशा ब्यवसायमा आबद्द रही आबुधाबी  क्षेत्रमा रहेका अर्घेलीहरुको भेला हुन लागेको हो । यहाँ कार्यरत सम्पूर्ण अर्घाखाँची बासीको चौतारीको रुपमा रहेको अर्घाखाँची सम्पर्क समिति यूएईले इमिरेट्सका सबै राज्यमा आफ्नो क्षेत्रिय समिति विस्तार गर्ने क्रममा आबुधाबीमा भेला गर्न लागिएको हो । 
    
आगामी डिसेम्बर १४ तारिख दिउस ४ बजे आबुधाबीको हमदान कर्नेस पार्कमा भेला आयोजना गरिएको हो । भेलामा आबुधाबीको मुसाफा , आइकार्ड तथा अन्य बिभिन्न स्थानमा रहेका अर्घाखाँची बासीलाई उपस्थितीको लागि अर्घाखाँची संपर्क समिति यूएई केन्द्रिय समितिले आग्रह गरेको छ । 
समितिका अध्यक्ष राजु खड्का द्वारा प्रेशित विज्ञप्तीमा उल्लेख गरिए अनुसार भेलाले आबुधाबी क्षेत्रिय समिति गठन गरिने  , समितिको सदस्यता वितरण गरिने , र नयाँ सदस्यलाई सस्थागत जानकारी गराइ यस् का काम कर्तब्य र अधिकार क्षेत्र बारे सम्पूर्णमा प्रशिक्षण दिईने छ । 
थप जानकारीका लागि चन्द्र सारुमगर ०५५६७३२०९८,रविलाल खनाल ०५५९८४१२५८,दिपक कुँबर ०५५५९६८४३०,प्रेम थापा ०५५४१३५०४०,कृष्ण नेपाली ०५५१७१३८६८,कृष्ण भाट ०५५९६६७३९५ र राजु खड्का ०५५२६७०९४३ लाई संपर्क गर्न सकिने बिज्ञप्तीमा जनाइएको छ । 
अर्घाखाँची बासीलाई एउटै सन्जालमा आबद्द गराउदै  ” Join Hands Grow Together “ भन्ने नाराका साथ अन्तरास्ट्रिय संपर्क मन्चको स्थापना गरिएकोले र त्यसको तदर्थ समितिको सम्योजकत्व पनि यूएईले गरेकोले यहाँ कार्यरत अर्घाखाँची बासीलाई सहयोग हुने बुझाई छ ।