गुल्मीमा सुन्तला विक्रिबाट यस वर्ष ९ करोड आम्दानी

– कमला बस्नेत
अन्य खेतीको तुलनामा सुन्तला खेतीबाट बढी आम्दानी भएपछि किसानहरुव्यवसायीक सुन्तला खेतीमा लागेका छन् । अन्य खेती छोडेका किसानहरुले ६० वर्ष देखि निरन्तर सुन्तला खेती मात्र गर्ने गरेका छन् । पछिल्ला वर्षहरुमा गाउँ गाउँसम्म सडक विस्तार भएको र शहरका व्यवसायीहरु सुन्तला खरीदका लागि किसानका बारीमै पुग्न थालेपछि किसान थप उत्साहित छन । 
विक्रिका लागि सहज बजार र कम मेहनतमा आम्दानी बढी हुन थालेपछि किसानहरु अन्य खेती छोडेर सुन्तला उत्पादनमा लागेको कृषि कार्यालयले जनाएको छ । गत वर्ष सुन्तला विक्रिबाट मात्र झण्डै ८ करोड रुपैंया रकम भित्रिएको थियो । 
यस वर्ष सुन्तला उत्पादन ३ सय मेट्रिक टनले बढेको कार्यालयले जनाएको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लाका पिपलधारा, अर्खले, हाडहाडे, भनभने, नयाँगाउँ, दिगाम, अर्लाङ्कोट, पुर्कोट, बस्तु, जैसीथोक, जुभुङ्ग लगायतका दर्जनौ गाविसमा व्यवसायीक सुन्तला खेती हुने गरेको छ । सुन्तला विक्रिबाट एकै व्यक्तिले वर्षमा ८ लाख सम्म अँम्दानी गर्ने गरेका छन् ।
अर्खले

अन्य समाचारहरु