पाल्पा साहित्य समाजका अध्यक्ष राजेन्द्र गोपाल सिंहको उपस्थितीमा आज रुरु गाबिस भवनमा आयोजित सर्बपक्षिय भेलाले रिडी बजारको ऐतीहासिक तथा २०१८ साल भन्दा पहिलेको फोटो संग्रहहरु प्रदर्शनी गर्ने निर्णय गरेको हो।
रिडीमा पहिलो पटक फोटो प्रदर्शनी तथा धार्मिक पर्यटनको सम्भाब्यता र चुनौती बिषयमा बृहद अन्तरकृयात्मक कार्यक्रमको आयोजना हुने भएको छ ।
साथै उक्त दिन धार्मिक पर्यटनको सम्भाब्यता र चुनौती बिषयमा रिडी क्षेत्रका साहित्यकारहरु तथा बुद्धीजिवीको सहभागीता गराइ बृहद अन्तरकृयात्मक कार्यक्रमको आयोजना गर्ने निर्णय समेत भेलाले गरेको छ
। कार्यक्रम यही माघ ६ गते गरीने भएको छ ।