गैर आवसीय संघको सामुहिक लगानी सम्बन्धी कार्यक्रम जर्मनीका बिभिन्न ठाउँमा तिब्रताका साथ अगाडि बड्दै

– बिष्णु रिजाल 
फ्रान्कफोर्ट गोथे होटेलमा २ डिसेम्बर २०१२ का दिन एनआरएनए जर्मनी,एलसीसी फ्रान्कफोर्टले आयोजना गरेको भेलामा फ्रान्कफोर्ट र यस शहरको छिमेकी शहरहरुमा रहने नेपाली दिदीबहिनीहरु र दाजुभाईहरुको धेरै उपस्थित रहेको थियो।
नेपालमा एनआरएनहरुको सामुहिक लगानीमा बन्न लागेको १०० मेगावाट जलबिद्युत योजनामा लगानी गर्ने बिषयमा छलफल भएको थियो। उक्त छलफलमा  गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोपिन क्षेत्रिय संयोजक कुमार पन्त प्रमुख बक्ता रहेका थिए। प्रमुख बक्ता द्वारा यस छलफलमा सबैका आ-आफ्नो जिज्ञासाको साकारात्मक जबाफ पाए पछि लगनी कर्ताहरुको नेपालमा लगानी गर्ने उत्सुक्ता बढेर गएको थियो। 
नेपाली रुपैया ५ लाख देखी एक करोड रुपैया सम्मको रकम लगानी गर्न फ्रान्कफोर्ट बासीले आ-आफ्नो नामको फर्म भरिसकेका छन। 
उता जर्मनीकै अर्को शहर म्युनिकमा पनि एनआरएनए जर्मनी, एलसीसी म्युनिकको आयोजनामा सामुहिक लगानी भेला गरिएको छ । 
नेपालमा एनआरएनहरुले १०० मेगावाट जलबिधुत आयोजनामा लगानी गर्ने बिषयमा म्युनिक बासी नेपालीहरुले पनि बलियो साथ दिएका छन । 
यहाँबाट ठुलो लगानी नेपाल भित्रिने आशामा एनआरएनए जर्मनी रहेको एनआरएनए जर्मनीका अध्यक्ष पुष्प थापा ले बताए । 
नेपालमा एनआरएनहरुको संयुक्त लगानीमा १०० मेगावाट जल बिद्युत योजनामा लगानी गर्न संसारभर छरिएर रहेका गैर आवासिय नेपालीहरुलाई गैरआवसिय नेपाली संघ (एनआरएनले)अनुरोध गर्दै आएको छ। 
आफुले गर्ने लगानीको २५ प्रतिशत रकम एनआरएन ईनभेस्ट कम्पनीले तोकेको नेपालका बैकहरुमा समय अबधी भित्र जम्मा गर्न एनआरएनए जर्मनीले संपूर्ण जर्मनीबासी नेपालीमा अनुरोध समेत गरेको छ । आवश्यक कागजाजको सयोगको लागि एनआरएनए जर्मनी तयार रहेको पनि जनाइएको छ । 
थप जानकारीका लागि निम्न स्थानमा हुन लागेका कार्यक्रममा उपस्थित हुन पनि अनुरोध गर्दछौ । 
म्युनिकमा बेलुका ७ बजे  
Eine Welt haus
schwanthaler str-80,80336 M