सडक सुरक्षा जाँचको क्रममा कपिलवस्तुको पिपरा स्थित इलाका प्रहरी कार्यलयका प्रहरीमाथि हातपात गर्ने एक जनामाथि सार्वजनिक मुद्दा दर्ता भएको छ । कृष्णनगरबाट भैरहवा जाने क्रममा प्रहरीले सोधपुछ गर्दा प्रहरी माथि हातपात गर्ने व्यापारी अरुणकुमार अग्रवालमाथि सार्वजनिक मुद्दा दर्ता भएको हो । उनलाई इलाका प्रहरी कार्यालय पिपराले हिरासतमा राखेकोे प्रहरी निरीक्षक बामदेब गौतमले जानकारी दिनुभयो ।