ओखलढुंगा । ओखलढुङ्गामा आज भएको जीप दूर्घटनामा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मूलखर्कको फलाँटे भञ्ज्याङबाट सदरमुकाम ओखलढुङ्गा जाँदै गरेको बोलेरो जीप ज्यामिरे गाउँ विकास समिति वडा नम्बर ७ मा दुर्घटना हुँदा मुलखर्क ६ का फत्तबहादुर मगरको मृत्यु भएको हो ।
दूर्घटनामा घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरुको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
साँघुरो बाटोमा गाडिको ब्रेकफेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । जीप चालक हरी कार्की भने फरार छन् ।
RSS



