एएनएद्धारा नेपालमा अन्तरक्रियात्मक कृषि कार्यक्रमको आयोजना

विजय थापा 

 

सुनसरी ,यहि मंगसिर २२ गते ,शुक्रबार ,२०६९ ) तदनुसार डिसेम्बर ७ तारिखका दिन  ए एन ए -नेपालले बोकेर हिडेको पवित्र उदेश्य अनुसार लक्षित गाउँ सुनसरी जिल्ला ,पन्चकन्या गा बि स मा एक दिवशीय अन्तरक्रियात्मक कृषि कार्यशाला कार्यक्रमको आयोजना गरेको छ l

 


 

उक्त अन्तरक्रियात्मक कार्यशालामा लक्षित पन्चकन्या गा बि स का बिभिन्न किशान समुह ,बिभिन्न सहकारी संस्थाका पदाधिकारीहरु ,गाउँ बिकाश समितिका वर्तमान तथा पुर्व पदाधिकारीहरु ,राजनैतिक दलका प्रतिनिधिहरु तथा स्थानीय व्यक्तित्वहरुको सहभागिता रहेको थियो lउक्त अन्तरअन्तरक्रियात्मक कार्यशाला कार्यक्रममा अत्यन्तै प्रभावकारी हुन् सकेको र उक्त कार्यक्रमलाई स्थानीय प्रशिक्षक तथा महा बिद्यालय (कलेज )का शिक्षक मोहन श्रेष्ठले गर्नु भएको थियो l लक्षित समुहको अन्तरक्रियामा सहभागिता र उनीहरुद्वारा कृषि सम्बन्धि प्रस्तुति प्रभावशाली भएको थियो lउक्त एक दिवशीय कृषि कार्यशाला कार्यक्रममा केन्द्रित थियो भने ए एन ए नेपालले शिघ्र पशु पालन केन्द्रको शुरुवात गर्ने भएको छ l

ए एन ए