ब्राजिल पुगेका नेपाली राजदुत प्रधुम्न विक्रम शाह नाङगै हिड्नुपर्छ भन्दै हिड्ने विदेशी युवतीसँग लहसिन थाले पछी(तस्विर सहित)

सार्बजनिक पदमा रहेका अनि जनताका सेवा गर्न भन्दै हिडेका उच्च पदमा रहेका र देशका जनसेवक भनिनेहरुले आफ्नो सार्बजनिक पदको ख्याल नगर्दा  र मर्यादामा नरहदा कहिलेकाहीं विवादको चर्चामा आउने गरेका छन ।

 


 

नेपाली कामदारको लागि अभिभावकको नेतृत्व गर्दै ब्राजिल पुगेका राजदुत प्रधुम्न विक्रम शाहले आफ्नो  राजदुत जस्तो गरिमामय तथा सार्बजनिक पदको खिल्ली उडाएका छन । उनी सरकारी सुविधाको गाडिमा ब्राजिलकी एक वकिलसँग कहिले समुद्र किनार  अर्धनग्न पुग्छन भने कहिले उनीसँग रेष्टुरेण्टमा मदिरा पिउन पुग्ने गरेको पनि पाईएको छ ।

 

राजदुत शाह ब्राजिलियन कानुन व्यवशायी लु जारेट्टीसँग  लहसिन थालेको एक बर्ष वितेको छ ।  ती कानुन व्यवशायी युवती नाङगै हिड्नुपर्छ भन्ने अभियानकी अगुवा पनि रहेको बताइएको छ ।शाह  र ती युवतीको सम्बन्ध फेसबुक मार्फत पनि सार्वजनिक भएको छ । जारेट्टीको प्रोफाईलमा उनी र  राजदुत शाह अंगालोमा बेरिएको, सँगै मदिरा पिएको र गल्फ खेलेको बेला खिचिएको कैयौं फोटोहरु उनले आफ्नो फेसबुक प्रोफाईल मार्फत सार्बजनिक गरेकी छन ।




एक तस्बिरमा कुवेतमा रहेका अर्का राजदुत मधुवन पौडेलले पनि  रोचक कमेण्ट गरेका छन ।