रिडीमा रहेका दुइ नेवार समुदायहरुले आज दुक्चा मु(बोकाको मुल्याङ्कन तथा प्रदर्शन) गरेका छन।
यस बर्षका लागि पाले भाईहरु ठुलो गुठको लागि कुलप्रशाद श्रेष्ठ र सानो गुठका लागी जीवन कुमार कसजूको घरमा गरीएको थियो। दुबै गुठको आज बसेको भेलाले तीन तीन जिउ बोका (अन्दाजी १०० केजीको)गुठपूजा का लागि राख्ने तय गरेको छ्।
प्रत्येक बर्ष यो म्हरी पुन्ही(धान्य पुर्णिमा)को दिन पारेर रिडीमा रहेका नेवारहरुको दुइ वटा गुठ, ठुलो र सानोले गुठ पूजा गर्ने गर्छन। यही पूजाका लागि आज औसीको दिन पारेर बोकाको प्रदर्शन गर्ने तथा मुल्याङ्कन गर्ने गरिन्छ जस्लाई नेवारी भाषामा दुक्चा मु भनिन्छ।