– उमाकान्त पाण्डे गाउंले
नेपाली कांग्रेसका जेष्ठ नेता भीम बहादुर तामाङको १३ दिनको पुण्य तिथीको अवसरमा यूएईमा श्रदान्जली सभा सम्पन्न गरिएको छ।नेपाली कागेंसको अन्तरास्ट्रिय भात्री सगंठन नेपाली जनसम्पर्क समिति यूएईले बिहीवार साझ (डिसेम्बर १३मा) दुबइमा श्रदान्जली सभाको आयोजना गरी उनको सम्झनामा तस्विरमा माल्यर्पण एवम श्रदान्जली अर्पण गरेको हो । उनको सम्झनामा कार्यक्रमको शुभरम्भमा १ मिनेट मौनधारण समेत गरिएको थियो ।
तामाङको ७८ वर्षको उमेरमा गत डिसेम्बर १ मा निधन भएको हो ।
आदर्शवादी नेता तमाङको निधनमा यूएई प्रवासमा रहेका नेपाली पनि शोकमा परेको भन्दै आफुहरुलाई स्तव्ध तथा अत्यन्त मर्माहित बनाएको कार्यक्रममा बोल्ने अधिकाशंले ब्यत्त गरेका थिए ।
बि.सं.२०१४ सालमा नेपाली कांग्रेसको सदस्यता लिएर प्रजातान्त्रिक समाजवादको संघर्षमा सकृय रहेका नेता तामाङ नेपाली राजनैतिक घेरामा चरित्रवान तथा निष्ठाको राजनीति गर्ने सादा जीवन उच्च-विचारका धनी नेताको रुपमा स्थापित भएकोले आज प्रवासमा पनि यसरी श्रदान्जली सभा गरिदै छ, नेपाली जनसंपर्क समिति यूएईका उपाध्यक्ष तथा कार्यक्रमका सभापति खेमराज बस्नेतले भने ।

विपीको आदर्शबाट प्रेरित नेताको निधनले नेपाली कांग्रेसमा निष्ठाको राजनीति गर्ने व्यक्तित्वको अभाब रहने भए पनि सिदान्त अनुशासनमा चल्ने पार्टीको रुपमा कांग्रेस स्थापित भएकोले अन्य नेताहरु पनि सोही मुताविक नै अगि बडेको धारणा ने.वि.संघ केन्द्रिय सदस्य बिमला भट्टको थियो । सधैं हसिलो र खुशी अनुहारमा देखिने भट्ट भावुक र मार्मिक मुद्रामा बोलेकी थिइन । स्वर्गिय नेता भिम बहादुर तामाङको स्मरण गर्दै ०६२ – ०६३ आन्दोलनमा आवेशमा आउने बिद्यार्थी जमातलाई शान्त र अनुशासित तवरमा सम्झाउन खोज्दै आफ्ना हात समाएर देखाएको बाटो कहिल्यै बिर्सन सक्दिन’,। तामाङको तस्विरमा माल्यार्पण गरिएको अभिर आफ्नो निधारमा पनि लगाउदै भट्टले भनिन “हामी सदैव उहालाई जीवन्त पारी रहन्छौ, आज यहाँ शोक सभा गरिनुपनि उहाको योगदानको कदर हो।”

काग्रेंसले उच्च विचार र आदर्शका धनी श्रदेय नेता गुमाएर जुन क्षति व्यहोरेको छ, त्यसरी नै आदर्शवादी नेपाली राजनीतिज्ञले आदर्शवादी नेता गुमाउन पुगेका छन् नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकालले भने । अब हामी लुछाचुडी होइन मिलेर जानु पर्छ भन्ने सिदान्तलाई पालना गर्न सके भिम बहादुर तामाङ प्रति सच्चा श्रदान्जली दिएको ठहरिने छ ढकालले भने ।
कतै भिम बहादुर तामाङ जनजाती भएकै कारण नेपाली कांग्रेसको नेत्रित्वमा आउन नसकेका वा नदिएको पो हो कि ?यस् बिषयमा पनि घोत्लिएर हेर्नु पर्छ अन्यथा आउने पुस्ताले पनि पिडा सहनु पर्ने छ ,तमु समाजका अध्यक्ष डिआर गुरुङले भने । स्वर्गिय नेता भिमबहादुर तामाङको निधनले सम्पूर्ण नेपालीलाई अपूर्णिय क्षति पुगेको भन्दै आफ्नो जीवनमा वास्तविक रुपमा अनुशरण गर्न सके नेपाल र नेपाली जनताको समुन्नती र प्रगति निष्चित छ भन्दै नेपाली राजनीतिका पारखीहरुको सच्चा श्रदान्जलीको खाँचो रहेको एमाले निकट प्रवासी नेपाली संघ यूएईका प्रतिनिधि श्याम कडेंलको भनाइ थियो ।

यूएई बसाइको क्रममा दुई बर्ष अघी दुबइमा भेटेको र केही पल बिताएको सम्झना गर्दै गैरआवसीय नेपाली सघं मध्यपुर्व सहसंयोजक एल.एन. सुवेदीले तमाङ एक आदर्श वादी र अध्ययनशिल नेता रहेको आफुले पाएको भनाइ राखेका थिए । “उनले जस्तो नेपालका अन्य दलका नेताहरुले त्याग र बलिदान दिन सके वास्तवमै हाम्रो नेपालको राजनीतिले फड्को मार्ने छ”, समाजसेवी एवम नेपाली जनसंपर्क समिति यूएईका सल्लाहकार पिएसलिम्बुले भने । कार्यक्रममा नेपाली जनसंपर्क समितिका केन्द्रिय तथा क्षेत्रिय प्रतिनिधिको बाक्लो उपस्थिती रहेको थियो भने अन्य आम सर्वसाधारण नेपालीले समेत उपस्थिती जनाएका थिए।
प्रमुख अतिथिको रुपमा केन्द्रिय सल्लाहकार पिएस लिम्बु,बिशेष अतिथिमा नेविसंघ केन्द्रिय सदस्य बिमला भट्ट,केन्द्रिय उपाध्यक्ष भवानी तिमल्सीना, रहेका थिए भने कार्यक्रममा समितिका केन्द्रिय कोषाध्यक्ष गुन्जमान गुरुङले स्वागत मन्तब्य, एवम सह-महामन्त्री चन्द्र सारुमगरले कार्यक्रमको सन्चालन गरेका थिए । कार्यक्रममा १३ औ दिनको पुण्य तिथीको अवसर पारेर मलामी खुवाउने प्रचलन अनुसार सबैलाई साकाहारी खानाको ब्यबस्था गरिएको थियो ।
कार्यक्रममा बोल्ने सबैले नेपाली जनता तथा आम पार्टीका नेताले तामाङको जीवनलाई निष्ठागत राजनीतिको पाठशालाको रुपमा ग्रहण गर्न सके स्वर्गीय नेता तामाङ प्रतिको सच्चा श्रदान्जली ठहरिने बताए । साथै दुःखद घडीमा दिवंगत आत्माको चिर-शान्तिको कामना गर्दै शोक संतव्ध परिवारजनमा धैर्य धारण गर्ने क्षमता प्रदान होस भन्दै हार्दिक समवेदना प्रकट गरेका थिए ।
बर दुबइमा रहेको सिन्ध पन्जाब रेस्टुरेन्टमा सम्पन्न शोक सभामा यहाँस्थित बिभिन्न संघसस्थाका प्रतिनिधि,संचारकर्मी,व्यापारी,बुद्दिजीवी, तथा सर्वसाधारण नेपालीको समेत बाक्लो उपस्थिती रहेको थियो ।