बुटवल होटल-रेष्टुरेण्टमा अवैध यौन धन्दा बढेको गुनासो बढेपछि बुटवल प्रहरीले अनुगमन सुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालयले संयुक्त गरेको अनुगमनको पहिलो दिनमै प्रहरीले २४ जनालाई आपत्तिजनक अवस्थामा भेटेको छ । आपत्तिजनक अवस्थामा भेटिनेमा १४ पुरुष र १० महिला छन् ।
उनीहरुलाई कोशिश कटेज, हट चिल्ली, मनकामना रेष्टुरेण्ट, ककटेल डि्रड्क, ए-वान रेष्टुरेण्ट, सानु रेष्टुरेण्टबाट अश्लिल तथा यौनजन्य कार्यमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका निरीक्षक रामेश्वर कार्कीले बताए ।
अनुगमनमा ग्राहकहरु मात्र नभई होटल तथा रेष्टुरेण्टका वेटरहरुसमेत आपत्तिजनक अवस्थामा तथा ग्राहकसँग यौनजन्य कार्यका लागि मोलतोल गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।