ब्लड क्यान्सरका कारण कुवेतमा एक नेपाली महिलाको मृत्‍यु

– उमाकान्त पाण्डे गाउंले 



कुवेत, मसिंर २९  – रोजगारिको शिलशिलामा कुवेत गएकी एक नेपाली महिलाको मृत्‍यु भएको छ । घरेलु कामदारको रुपमा कुवेत पुगेकी ताप्लेजुङकी सविता आले मगरको ब्लड क्यान्सरका कारण गत बिहीवार निधन भएको हो । 



२ बर्ष अघी कुवेत पुगेकी उनलाई ब्लड क्यान्सर भएको खबर सार्वजनिक भएपछी जीवनरक्षाको लागि रगत दान गर्न सम्पूर्ण नेपाली समाजलाई एक बिज्ञप्ति मार्फत नेपाली दुतावास अनुरोध समेत गरेको थियो । 



कुवेतको शैखा बदि्रया अलसवा अस्पतालमा उपचार्थ भर्ना भएकी सविता २ महिना अघी बाट अचेत अवस्थामा(बोल्न नसक्ने) अवस्थामा थिईन । उनका लागि दैनिक २० पीआरसी रगत आवश्यक पर्थ्यौ,’ कुवेतमा रहेका संघसस्थाले उनलाई सहयोग गर्न रत्तदान पनि गरेका थिए तर बाचाउन सकेनौ, समाजसेवी बुटवलकी तारा पौडेलले भनिन । उनका लागि दैनिक २० पीआरसी रगत आवश्यक पर्थ्यौ,’ कुवेतमा रहेका संघसस्थाले उनलाई सहयोग गर्न रत्तदान पनि गरेका थिए तर बाचाउन सकेनौ, समाजसेवी बुटवलकी तारा पौडेलले भनिन । 



ब्लड क्यान्सरका कारण अस्पतालमा जीवन मरणको दोसाधमा लडिरहेको खबर सार्बजनिक भएपछि कुबेतका नेपालीहरु जागरुक भएका थिए , उनलाई नयाँ जीवन दिन उनको ‘ओ’ पोजेटिभ रगत समुहको रत्तदान गर्न ब्लड बैंकमा नेपालीहरु जाने क्रम सुरु भएको थियो । बिहीवार सम्ममा पनि १३ नेपालीले रगतदान गरेका थिए, कुवेतमा कार्यरत नेपाली पत्रकार भाईराम चौलगाइले अर्घाखाँची डट्कम् लाई जानकारी दिए। उनका अनुसार   आज शुक्रबार सार्वजनिक बिदाको दिन करीब ८० नेपालीले रत्तदान गर्ने योजना बनाएका थिए । 



सबितालाई उपचारका लागि दुई महिना पहिला कुवेतको जाहारा अस्पातलमा उनकै मालिकले भर्ना गरेका थिए । त्यहा उपचार सम्भब नभए पछी  शैखा बदि्रया अलसवा अस्पतालमा सारीएको थियो । “उनी बिमारी भई अस्पातलमा भर्ना भएको खबर कुवेतमा कार्यरत नेपालीहरुले केहि दिन अगी मात्र थाहा पाएका थिए,जब हामीलाई जानकारी आयो त्यती बेला उनको अवस्था नाजुक भईसकेको थियो,” समाजसेवी कुमार झापालीले भने। 



२१ बर्षिय बहिनीको मृत्‍युको खबर पाए पछी सविताका जेठि दिदी निरुता आलेमगरले सुरुमा पत्याउनै गाह्रो भएको बताइन । २ महिना अगि सामान्य बिरामी भएको खबर पाएकी थिए, अहिले सम्म संपर्क हुन सकेको थिएन अचानक मृत्‍युको खबरले आँखाले राम्रो सँग देख्न नसकेको “भक्कानिदै” बताइन । जे नहुनु थियो भयो अब सक्दो छिट्टो बहिनीको प्राथिव शरिर चाडो भन्दा चाडो नेपाल पठाउन पहल गरिदिनुहोला, दुतावास र अन्य निकायमा सहयोग गरिदिनुहुन सबैमा उनले अपिल गरेकी छन ।