बैबाहिक समारोहबाट बेहुलाबेहुली सहित ७ जना नियन्त्रणमा

प्रहरीले पाँचथर सदरमुकाम फिदिम २ पल्लोटारमा भएको बैबाहिक समारोहबाट बेहुलाबेहुली सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । बालविवाह गरेको भन्दै प्रहरीले मण्डपबाटै उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
वैवाहिक वन्धनमा बाँधिएका फिदिम २ पल्लोटार बस्ने धनकुमार धमलाका छोरा १७ वर्षिय राजन धमला र पाँचथर लुम्फाबुङ ६ बस्ने नरेन्द्र घिमिरेको छोरी १५ वर्षिया सुमित्रा घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बेहुलाका बाबु धनकुमार धमला, बेहुलाकी आमा, काका, विवाह गराउने पुरेत सहित अन्य ७ जना प्रहरी नियन्त्रणमा छन् ।
 
कानुन अनुसार वैवाहिक वन्धनमा वाँधिन केटीको हकमा १८ र केटाको हकमा २० वर्ष पुगेको हुनुपर्दछ ।
 
सुमित्रा घिमिरे गत मङ्सिर १४ गते नै घर छोडेर हिँडेकी थिइन् ।
 
उनीहरुलाई मुलुकि ऐन विवाहवारीको २ वमोजिम ६ महिना कैैद र १० हजार जरीवाना वा दुबै सजाय हन सक्ने कानुन व्यवसायी टिका तिम्सिनाले जानकारी दिनुभयो ।

अन्य समाचारहरु