त्रिलोचन कोइराला / युएई
युएइमा भएको एक भेलाले नव गठित संघीय समाजबादी पार्टी नेपालको पहिलो प्रवास संगठन संघीय समाजबादी मन्च युएइको तदर्थ समिति निर्माण गरेको छ ।
दुबाईको एभरेस्ट इन्टरनेशनल होटलमा डिसेम्बर १४ तारिक सुक्रबार आधिबासी , जनजाती, मधेसी ,मुस्लिम ,खस ,दलित तथा समानता र पहिचान सहितको संघीय संघिएताका पक्षधरहरुको साझा सस्थाको रुपमा संघीय समाजबादी मन्च रहने आयोजकले दाबिगरेको छ।संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गर्ने भन्दै विभिन्न राजनीतिक दल परित्याक गरेका नेता कार्याकर्ता हरुको एक समुहाले नेकपा एमाले परित्याक गरेका नेता अशोक राइको संयोजनमा गत मङ्सिर ७ गते संघीय समाजबादी पार्टी नेपालको स्थापना गरेका थिए ।
जनजाती महासंघका अधक्क्ष गीरिमान थापाको प्रमुखअतिथिको मन्तब्य राख्दै गठित समितिले राजनीतिक आस्था संगै जातीय पहिचानलाई पनि उठाउने बिस्वास रहेको बताएका छन । ।थापाले जनजाती महासंघ नबगठित समितिसंग जातिया पहिचानका लागि सहकार्य गर्न पनि सकिने बताए ।
एकल जातीय नारा लागाउदै अन्य जातिलाई गालि गर्ने प्रचलन बढेकोमा चिन्ता ब्याक्त गर्दै तदर्थ समिति निर्माण भेलामा बोल्ने बक्ताहरुले जातीय पहिचानको नाममा नब गठित संघीय समाजबादी मन्चले संघीय लोकतान्तिक गणतन्त्र स्थापना गर्न बर्गीय जातीय भाषिक सास्कृतिक धार्मिक लैंगिक लगाएतका बिभेद तथा उत्पिडनहरूबाट नेपाली समाजलाई समानुपातिक समाबेसी बनाएर समधानका निम्ति लाग्न मञ्चलाई सुभकामना दिएका छन ।
तमु समाज युएइका अधक्क्ष डिआर गुरुङलाई केन्द्रीय प्रतिनिधि बनाएको भेलाले समितिमा नेकपा एमाले परित्याक गरेका प्रवासी समाज युएइका निबर्तमान सल्लाकार भुवन राईलाई अध्कक्ष, युवा समाजसेबी कृष्ण पौडेल र तामांग समाज युएइका उपाधक्यक्ष रबिन लामा दुइजना उपाधक्यक्ष रहेका छन । समितिमा दीपराज योङहाङ माहासचिब , किरात राइ यायोख्खा युएइका अधक्क्ष उमेश राई प्रबक्ता, मगर समाज युएइका महासचिब भारत रानामगर सचिब रहेका छन । भेलाले २५ सदस्य तदर्थ समिति बनाएको हो ।
समितिलाई सक्रिय तथा चलायमान बनाउन तथा एकल जातीय एकाधिकारलाई हटाउन समिति लाग्ने बिभिन्न बिभाग पनि गठन गरेको छ । गठित बिभागहरुमा आर्थिक बिभाग प्रमुख युवा समाजसेबी शिब गुरुङ , युवा बिभाग प्रमुख कलाकार आशिष राइ , सास्कृतिक बिभाग प्रमुख कलाकार दिप सुब्बा रहेका छन । महिला बिभाग खाली राखिएको तदर्थ समिति गठन गर्न भेलामा उत्साहजनक उपस्तिथी रहेको आयोजकले बताएको छ ।तदर्थ समितिका उपाधक्यक्ष कृष्ण पौडेलले चाडै एक भेला बोलाएर तदर्थ समितिलाई पुर्णता दिने बताएका छन ।



