– कृष्ण खनाल
रुपन्देही व्यापार संघको आयोजनामा आउँदो पुस ६ देखि १७ गतेसम्म बुटवलमा हुने लुम्बिनी एक्स्पो तथा अन्तर्रर्ााट्रय व्यापार मेलाका अवसरमा हेलिकप्टरबाट यात्रा गर्ने व्यवस्था मिलाइने भएको छ ।
मेलामा सहभागी हुन आउने दर्शकहरुलाई आकर्षा प्रदान गर्न र धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गराउने मेला आयोजकले हेलिकप्टर यात्राको व्यवस्था मिलाउने भएको हो ।
यसका लागि सुपरस्टार र्टर्ुस एण्ड ट्राभल्ससँग सोमबार सम्झौता भएको प्रचारप्रसार उपसमितिका संयोजक तथा संघका सचिव डिल्ली भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त ट्राभल्सका सञ्चालक मोहन खनालसँग यस्तो समझौता भएको हो ।
मेला अवलोकन गर्न आउने दर्शकहरुलाई हेलिकप्टरबाट यस क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलहरु बुद्ध जन्मस्थल लुम्बिनी, पाल्पाको सिद्धबाबा धाम, अंग्रेज फौजलाई हराएको ऐतिहासिक जितगढी किल्ला, बुटवल मणिमुकुन्द सेन, हिलपार्क, मुक्तिनाथ धाम, वसन्तपुरलगायतको अवलोकन गराइने छ । हेलिकप्टर यात्राका लागि छिट्टै शुल्क तय गरिने भण्डारीले बताउनुभयो ।
त्यस्तै मेलामा प्रमुख आकर्षाका रुपमा उड्न नसक्ने प्रजातीमा विश्वकै अग्लो चरा अष्ट्रिच पनि पर््रदर्शन गरिने भएको छ । अष्ट्रिच नेपाल प्रा.लि.का सञ्चालक सिपी शर्माले मेलामा विश्वकै अग्लो चरा अष्ट्रिच राख्ने प्रतिवद्धता जनाउनुभएको हो ।
उड्न नसक्ने प्रजातीमा सबैभन्दा ठूलो मानिएको उक्त चरा प्रतिघण्टा ८० किलोमिटरको गतिमा दौड्न सक्छ ।
यता, मेलाको अवधि नजिकंदै गर्दा स्टल दर्ताको क्रम पनि बढेको छ ।शुक्रबारसम्म साढे चारसय स्टल दर्ता भैसकेको मेला सचिवालयले जनाएको छ ।
मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष टंक पोखरेलका अनुसार मेलामा सहभागिताका लागि उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् ।
मेलामा सहभागी हुने कृषिजन्य उत्पादन, दैनिक उपभोग्य वसतु तथा सेवा, इलेक्टि्रकल्स,सूचना प्रविधि, बैंक तथा वित्तीय संस्था, हस्तकला, गार्मेन्ट,अटोमोवाईल्सलगायतका स्टलहरुको छुट्टाछुट्टै पेभेलियन बनाइने भएको छ । मेलामा साढे ५ सय स्टल रहने भएकाले यसको व्यवस्थापनमा मुख्य ध्यान दिइएको अध्यक्ष पोखरेलले बताउनुभयो ।