– उमाकान्त पाण्डे गाउंले
यूएई डेस्क – रोजगारीका लागि सम्युत्त अरब एमिरेट्स यूएई पुगेर गैरकानुनी(खल्लीबल्ली)कार्यरत आप्रवासी कामदारलाई यूएई सरकारले दुई महिनाको अल्टिमेटम सहित आम माफिको घोषणा गरे पछी नेपाल फर्काउने घोषणा गरेपछी नेपाली समाज यूएईले अग्रसर भएर सहयोगी भूमिका खेलेको छ ।
यूएईको इन्टेरीएर मन्त्रालयले गैरकानुनी रुपमा यूएईमा बसी अबैधानिक कामगर्दै आई रहेका बिदेशी कामदारहरुलाई जरिबाना शुल्क नलिने गरी आम माफी दिई यूएई छोड्न दुई महिनाको समय दिएको छ । यसै अवसरलाई सदुपयोग गर्दै गैरकानुनी रुपमा यहाँ कार्यरत नेपालीहरुलाई नेपाल फर्किन आव्हान सहित यस् कार्यमा नेपाली समाजले “एमनेस्टी” गरिरहेको समाजका अध्यक्ष कृष्ण ढकालले जानकारी दिए । उनका अनुसार यूएईको दुबइ अल अविरमा यूएई सरकारले तोकेको एम्नेस्टी केन्द्रमा गएर आबश्यक कागज पत्र बारे जानकारी लिन सकिन्छ । यदी सबैकार्यमा सहयोग आबश्यक परेमा नेपाली समाज यूएईले सहयोग गर्ने अधिकारिक अनुमती लिएको पनि ढकालले बताए । त्यहा गएर आफ्नो समस्या बताउनु पर्छ, न त कुनै पास्पोर्ट नत कुनै झन्झट दुतावासले आउट पास दिन्छ, त्यो पत्र सहित ईमीग्रेसनमा गएछी अर्को अनुमती पत्र पाईन्छ , सबै कागजपत्र बनाए पछी हवाइटिकट लिएर नेपाल फर्किन पाइने छ ढकालले भने । आफु गएको कम्पनी बाट करार अबधी नसकी वा तोकिएको कम्पनीमा काम गर्दागर्दै भगौडे रुपमा अन्यत्र कामगर्ने कामदारलाई यूएईमा गैरकानुनी कामदारको दर्जा दिईने गरिन्छ । यसरी कामगर्दा हुन सक्ने कुनैपनि जोखिमको स्वयम कामदारले नै जिम्मा लिनु पर्ने हुन्छ । भगौडे कामदारलाई स्थानिय प्रशाशनले समेत बिशेष निगरानी राखेर पक्राउ गरी जेलचलान तथा अन्य अपराधीक कृयाकलापमा सम्लग्न देखिएमा मृत्युदन्ड सम्म दिईन सक्ने कानुनी प्रावधान रहेको नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकालले जानकारी दिए । उनका अनुसार यूएईमा खल्लीबल्लीमा कार्यरत नेपालीको एकिङ विवरण नभए पनि ३ हजार भन्दा बढी अबैधानिक नेपाली रहेको हुन सक्ने अनुमान छ ।
यूएई सरकारले बिभिन्न केन्द्र तथा सहयोगी डेस्क राखेर अबैधानिक रुपमा कार्यरत सम्पूर्ण कामदारलाई दुई महिना भित्र स्वदेश फिर्न सक्ने गरी आममाफी दिईएको हो ।
अरबिक भाषामा “खल्लीबल्ली” भनिने आप्रवासी कामदारलाई डिसेम्बर ४ देखि फेब्रुअरी ३ सम्ममा आफुलाई पायक पर्ने स्थानमा दुबइमा अलअविर र आबुधाबीमा राखिएका सहयोगी डेस्कमा उपस्थित भएर आवेदन दिई स्वदेश फर्किन अनुरोध गरेको छ । आममाफी दिदा पनि गैरकानुनी तवरमा रहन खोजे कडा सजाय दिईने पनि यूएई सरकारले जनाएको छ । त्यसर्थ समयमै सचेत भएर काम गर्ने र नेपाली समाज यूएईले आबश्यक पर्ने अन्य सहयोग समेत गर्ने छ ।
यूएईमा अत्यधिक बिदेशी कामदार करार अबधी नसकिदै बिभिन्न बाहनामा कम्पनी छोडेर भाग्ने वा साथीभाइको लहलहैमा लागेर धेरै कमाउने आशामा गैरकानुनी कार्यमा सम्लग्न हुने गरेको पाईन्छ । यस् कार्यमा अधिकाशं महिला कामदार रहेको पाइएको नेपाली महिला समिति यूएईले जनाएको छ ।
गैरकानुनी रुपमा रहेकाहरुलाई दुई चरण गरी आउट पास र अन्य आबश्यक कागजहरु उपलब्ध गराईने छ । यो सेवा निशुल्क हो भने कामदार यूएईमा बसेर काम गर्न इच्छुक भए सम्बन्धित कम्पनीको सिफारिशमा भिसा शुल्क तिरेर भिसालाई निरन्तरता दिईन सकिने प्रावधान राखिएको छ ।
आप्रवासी कामदारका लागी सहयोगी डेस्क “एम्नेस्टी केन्द्र” दुबइको अलविरमा राखिएको छ । साथै सम्बन्धित मुलुकका यहाँ रहेका कुटनैतीक निकाय, तथा नेपाली समाज यूएईले पनि सहयोग गर्न सक्ने अख्तियारी पाएको छ ।
यो अवसर उपयोग गर्न र सम्बन्धित जानकारी लिनको लागि नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकाल (०५०-४८२३०७२) , उपाध्यक्ष (०५०३९८००६४) , भरत राना मगर (०५५-७५४७६४२) , नेपाली समाज यूएईका केन्द्रिय सदस्य भिमनारायण श्रेष्ठ (०५०-७६३७८२९) , केन्द्रिय सह-कोषाध्यक्ष शिवराज जैसी (०५५-४१०२६४२) लाई संपर्क गर्न अनुरोध गरिएको छ । एम्नेस्टी अबधि उपयोग नगर्ने र सो अबधि सकिएपछि गैर कानुनी रुपमा भेटिएमा कडा कानुनी कारबाही हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि नेपाली समाज यूएईले अपिल समेत गरेको छ ।



